बढेको गाडीभाडा बुधबारदेखि लागु

Devghat Online

शेयर गरौ

काठमाडौं । चैत २५

यातायात व्यवस्था विभागले अन्तर प्रदेश सञ्चालन हुने सार्वजनिक यातायातको भाडादरमा वृद्धि गरेको छ । विभागले इन्धनको मूल्य र अन्य १३ वटा सूचकहरुलाई आधार मानी वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रूपमा नयाँ भाडादर लागू गरेको हो ।

विभागले निकालेको सूचना अनुसार यात्रुवाहक सवारी साधनको भाडामा १६.७१ प्रतिशतले वृद्धि गरिएको छ । त्यसैगरी, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २१.६८ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा १५.७५ प्रतिशतले बढाइएको छ ।

नयाँ भाडादर दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने राष्ट्रिय स्तरका रुटहरुमा बुधबारदेखि नै लागू भएको छ । विभागले निर्धारित रुटहरुको विस्तृत भाडासूची समेत सार्वजनिक गरेको छ । नयाँ व्यवस्थासँगै लामो दूरीका सवारी साधनमा यात्रा गर्ने यात्रु र ढुवानी सवारीको भाडादर वृद्धि भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता