देवघाटमा महिलालाई उद्घोषणकला सम्बन्धी दुई दिने तालिम सुरु

Devghat Online

शेयर गरौ

देवघाट, चैत २६

देवघाट गाउँपालिकाको सहयोग तथा देवघाट महिला सन्जाल वडा नम्बर ५ को आयोजनामा महिलाहरुलाई उद्घोषणकला सम्बन्धी दुई दिने तालिम विहिबार सुरु भएको छ।

सो कार्यक्रमको उद्घाटन गर्दै देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापाले महिलाहरु पनि अबको समयमा अगाडि बढ्नुपर्ने बताए । महिलाहरु पनि बोल्न सक्नु पर्ने कार्यक्रम चलाउन सक्नुपर्ने हुँदा उद्घोषण कला अति आवश्यक भएको अध्यक्ष थापाले बताए ।

वडा नम्बर ५ का अध्यक्ष पुर्ण वहादुर कँुवरले आफ्नो पहिचान शिष्ट र शालिन तरिकाले दिन सक्नुपर्ने बताए । महिलाहरु पनि विस्तारै सक्षम हुँदै गएको र अझ यस्ता तालिमहरु लिई आफ्नो व्यक्तिगत क्षमता बढाउन पर्ने कुवरले बताए ।

उक्त कार्यक्रममा नेपाल मगर संघ देवघाट गाउँ कमिटिका अध्यक्ष खड्क पामी आलेले महिलाहरु आधा आकाश ढाक्ने संख्याको भएपनि महिलाहरु भनेको जस्तो अगाडि नबढेको बताए । महिलाहरुको हक र अधिकारको लागि लड्न सक्ने र आफै सक्षम हुनुपर्ने आलेले बताए ।

महिला सञ्जाल वडा नम्बर ५ की अध्यक्ष नरीमाया सिञ्जालीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा ३० जना महिलाको सहभागिता रहेको थियो । तालिम शुक्रबारसम्म चल्नेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

सहिद पत्नी इन्दिरा खनालद्वारा काँग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

तनहुँ । असोज २० नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत तनहुँकी इन्दिरा खनालले केन्द्रीय सदस्य पदमा