बैशाख २१ गते देखि गर्ने भनिएको भर्जन कालिका मन्दिरको महायज्ञ आगामी वर्ष हुने

Devghat Online

शेयर गरौ

देवघाट । बैशाख १०

देवघाट गाउँपालिका–५ स्थित भर्जन कालिका मन्दिरमा आगामी बैशाख २१ गते देखि गर्ने भनिएको बृहत देवीभागबत बिराट ज्ञान् महायज्ञ आगामी वर्ष हुने भएको छ । भर्जन कालिका मन्दिर संरक्षण समितिको बुधबार बसेको भेलाले उक्त देवीभागवगत विराट ज्ञान महायज्ञ २०८३ चैत्र २४ गते बुधबार चैत्र शुक्ल पक्ष प्रतिपदा दिन बाट प्रारम्भ गरि २०८४ बैशाख ३ गते समापन गर्ने निर्णय गरेको छ ।

भर्जन कालिका मन्दिरको पुननिर्माण लागि आर्थिक सहयोग जुटाउन मन्दिर निर्माण कार्य सम्पन्न भएपछि बृहत देबि भागबत बिराट ज्ञान् महायज्ञ लगाउने भनी यसअघि संकल्प गरिए बमोजिम आगामी बैशाख २१ गते उक्त महायज्ञ आयोजना गर्ने यसअघि निर्णय भएको थियो । हाल देशमा चरम महंगी बढेको तथा इन्धनको मुल्यबृद्धिको कारण नागरिकको जनजिवनमा असर परेकोले त्यसले महायज्ञको लक्ष्यलाई पनि असर पार्ने भएकोले महायज्ञ हाललाई स्थगित गरि आगामी चैत्र २४ गतेबाट गर्ने निर्णय भएको मन्दिर संरक्षण समितिका अध्यक्ष केशवचन्द्र न्यौपानेले बताए ।

देवी भागबत बिराट ज्ञान् महायज्ञ सन्चालन एवं देवी प्रतिको भक्तिभाब आरधना गर्न उपयुक्त समयहरु विशेष देवी सारदियमास पक्ष (आश्बिन शुक्लपक्ष), बासान्तिय पक्ष (चैत्र शुक्लपक्ष), गुप्त शुक्लपक्ष (माघ शुक्ल पक्ष र असार शुक्लपक्ष) रहेको र नबरात्रलाई शास्त्रीय हिसाबले लिने गरेको भन्दै न्यौपानेले आउने असार शुक्लपक्ष असार ३१ गतेबाट रहेकोमा ३१ गतेबाट नै बृहस्पति अस्थ हुने हुँदा नित्य पुजा पाठ बाहेक अन्य यज्ञहरु गर्न बर्जित रहेकोले उक्त समय गर्न नसकिने न्यौपानेले बताए ।

साथै मन्दिरको निर्माणकार्य केही बाँकी, मन्दिरसम्म आउने बाटो मर्मत, भर्जनखोलामा कल्र्भट निर्माण कार्य गरि भक्तजनलाई आवागमन गर्र्न सहज बनाउनु पर्ने हुँदा यसअघि २०८२ चैत्र शुक्लपक्षवाट सन्चालन गरिएको १५ दिने मेलालाई नै निरन्तरता दिनेगरी आगामी २०८३ साल चैत्र शुक्लपक्ष प्रतिपदा चैत्र २४ गते बुधबारको दिनबाट प्रारम्भ गरि २०८४ बैशाख ३ गते समापन गर्ने गरि बिराट ज्ञान् महायज्ञ देवी भागबत लगाउने निर्णय भएको न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुर्घटना भएको मोटरसाईकल चेक जाँच गर्दा लागुऔषध फेला

तनहुँ । बैशाख २९ आबुँखैरेनी गाउँपालिका–२ खानीखोला स्थित पृथ्वीराजमार्गमा सोमबार दुर्घटना भएको मोटरसाईकल चेकजाँच गर्दा