व्यास नगरपालिकामा गरिब घर परिवारको प्रराम्भिक सुचि सार्वजानिक

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख १०

व्यास नगरपालिकाले गरिब घर परिवारको प्रराम्भिक सुचि सार्वजानिक गरेको छ । व्यास नगरपालिका कार्यालयद्वारा गरिएको गरिब घर परिवार पहिचान कार्यक्रम अन्तर्गत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट तथ्याङ्क विश्लेषण भई प्राप्त हुन आएको नगरपालिकाले जनाएको छ ।

मन्त्रालयबाट नगरपालिकाका १४ वटै वडामा रहेका गरिब घर परिवारको सुचि नगरपालिकाले आफ्नो वेवसाईटमा सार्वजनिक गरेको छ । सार्वजनिक सूचीअनुसार व्यास नगरपालिकाका १४ वटै वडामा कुल ८३६ घरधुरी गरिब घरपरिवारको रुपमा पहिचान भएका छन् । सबैभन्दा बढी वडा नम्बर ११मा १३६ घर परिवार र वडा नम्बर ६ मा १ सय ३१ घर परिवार गरिव परिवारको रुपमा रहेका छन् । सबैभन्दा कम वडा नम्बर २ मा रहेका छन् । वडा नम्बर २ मा २ घर परिवार मात्रै गरिव घर परिवार रहेको नगरपालिकाले जनाएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट तथ्यांक विश्लेषण भई प्राप्त भएको गरिब घर परिवार पहिचानको प्रारम्भिक सुची नगरपालिकाको १४ वटै वडा कार्यालय र नगरपालिकाको वेवसाईटमा सुचना टाँस गरिएको हुँदा उक्त सुची उपर चित्त नबुझ्ने नगरवासीहरुले सुचना टाँस भएको मितिले १५ दिन भित्र आ आफ्नो वडा कार्यालयमा आवश्ष्क प्रमाण सहित गुनासो सम्बन्धी निबेदन दिनुहुन नगरपालिकाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण