कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा दमौलीमा अन्तरक्रिया सम्पन्न

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख १०

नेपाल कम्युनिष्ट पार्टीको ७७ औं स्थापना दिवसको अवसरमा एकदेव आले स्मृति तथा चिन्तन प्रतिष्ठानको आयोजनामा विहिबार दमौलीमा ‘नेपाल कम्युनिष्ट पार्टीः विचार, संघर्ष र भविष्य’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

सो कार्यक्रमको नेकपा एमालेका केन्द्रीय सचिव तथा गण्डकी प्रदेशका पुर्व मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गरेका थिए । एकदेव आले स्मृति तथा चिन्तन प्रतिष्ठानकी अध्यक्ष मनुमाया श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा एमाले केन्द्रीय सचिव अधिकारी, प्रतिष्ठानका सल्लाहाकार एवं नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमान, प्रतिष्ठानका सल्लाहाकार एवं नेकपा एमालेका केन्द्रीय सल्लाहाकार टुकराज सिग्देल, प्रतिष्ठानका सल्लाहाकार एवं नेकपा एमालेका केन्द्रीय सल्लाहाकार प्रतापलाल श्रेष्ठ, प्रतिष्ठानका सल्लाहाकार एवं नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यद्वय आशा कोईराला र राजेन्द्रकेशरी न्यौपाने, नेकपा बहुमतका केन्द्रीय निर्देशक समितिका सदस्य डम्बरबहादुर विक, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापती विश्वनाथ बास्तोला, नेकपा एमालेका जिल्ला अध्यक्ष हरिराज कडेंल, नेपाली काँग्रेसका जिल्ला सचिव सहदेव अधिकारी लगायतले मन्तव्य राखेका थिए ।

यसैगरि प्रतिष्ठानका सल्लाहाकार विष्णुभक्त सिग्देल, श्रीराम कार्की, नेत्र रानाभाट, पुष्पलाल श्रेष्ठ, मोहनसिंह आले लगायत विभिन्न कम्युनिष्ट पार्टीका नेताहरुले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण