भिमाद नगरपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख १२

भिमाद नगरपालिकाको आयोजना तथा देवघाट मल्टिमिडिया प्रालिको सहजिकरणमा भिमाद नगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिक अवधिको सार्वजानिक सुनुवाई कार्यक्रम शुक्रबार वडा नम्बर ९ स्थित भिमाद सामुदायिक भवनमा सम्पन्न भयो ।

चालु आर्थिक वर्षको दोश्रो चौमासिक अवधि सम्म नगरपालिाकाले सम्पादन गरेका विकास योजना, सेवा प्रवाह तथा बजेट खर्च लगायतको बारेमा सार्वजनिक सुनुवाई गरिएको थियो । सार्वजानिक सुनुवाई कार्यक्रममा नगरपालिकाकी उपप्रमुख शारदा खनालले भिमाद नगरपालिका शिक्षा, कृषि, पर्यटन स्वास्थ्य क्षेत्रको विकासका पालिका निरन्तररुपमा लागि परिरहेको वताइन् । उपप्रमुख खनालले सार्वजनिक सुनुवाईमा उठेका प्रश्नहरुको सम्वोधन गदै भिमाद नगरपालिकालाई कृषि क्षेत्र र पशुपालनमा आत्मनिर्भर वनाउने बताइन् ।

उनले भिमादले कृषकहरुलाई विभिन्न खालका प्रोत्सान कार्यक्रमहरु ल्याएको भन्दै दुग्ध उत्पादन गर्ने किसानका लागि उत्पादनका आधारमा प्रति लिटर रु १० रुपैया अनुदान वितरण गरिएको जानकारी दिइन् ।

उक्त कार्यक्रममा भिमाद नगरपालिकाले दोश्रो चौमासीक अवधि सम्म सम्पादन गरेको कार्यक्रमहरुका बारेमा प्रमुख प्रशासकीय अधिकृत सोभाखर पोख्रेलले जानकारी दिएका थिए । कार्यक्रममा शिक्षा शाखा प्रमुख उप सचिव सन्दिप पौडेलले भिमाद नगरपालिकाको शैक्षिक अवस्थाको बारेमा जानकारी गराएका थिए । त्यसैगरी दोश्रो चौमासिक अवधिसम्म सम्पादित योजनाहरुका बारेमा भिमाद नगरपालिका योजना प्रमुख टेकावती ढकालले जानकारी गराइन् ।

सार्वजनिक सुनुवाई कार्यक्रममा भिमाद नगरपालिकाका विभिन्न शाखाहरुले दोश्रो चौमासिकमा सम्पन गरेका क्रियाकलाप र त्यसको अवस्थाका बारेमा जानकारी गरेका थिए । कार्यक्रममा वडा नम्बर ९ का अध्यक्ष रन बहादुर थापा लगायतकाले आफ्नो भनाई राखेका थिए । उक्त कार्यक्रमको सन्चालन नेपाल पत्रकार महासंघ तनहुँका पुर्व अध्यक्ष प्रेम प्रसाद पौडेलले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण