भरतपुरका हर्कले दिए देवघाटको दुर्गा मन्दिर निर्माणको लागि एक लाख ५५ हजार

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, बैशाख १२

देवघाट गाउँपालिका वडा नम्बर ५ सुन्दरशिल टोल मा निर्माण भईरहेको दुर्गा मन्दिरको लागि भरतपुर महानगर पालिका वडा नम्बर २ प्रगतिपथ निवासी हर्क क्षेत्री कार्कील एक लाख ५५ हजार रुपैयाँ सहयोग गरेका छन् । कार्कीले मन्दिर निर्माणको लागि ५५ हजार र मन्दिरको गजुर आफ्नो नाउँमा राख्नको लागि एक लाख गरि एक लाख ५५ हजार रुपैयाँ उपलब्ध गराएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रविण कार्कीले बताए ।

मन्दिर निर्माणकोलागि गत वर्ष भएको देवघाट महा–महोत्सवको समयमा ८ दिनमा २८ लाख रुपैयाँ दान रकम संकलन भएको कार्कीले जानकारी दिए । तिन रोपनी क्षेत्रफलमा निर्माण हुने उक्त मन्दिरको डिपिआर अनुसारको निर्माण लागत २ करोड ४६ लाख हुने कार्कीले बताए ।

उक्त मन्दिर विश्व जागरण महाअभियान ट्रष्टका तथा मातापिता सेवा आश्रमका संरक्षक एवं परिकल्पनाकार लोकप्रिय भागवत कथावाचक इश्वरकृष्ण महाराजले शिलान्यास गरेका थिए । शिलान्यासको क्रममा इश्वरकृष्णले मन्दिर निर्माणको लागि एक लाख रुपैयाँ हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता