देवघाटधाम जेसीजको प्रभावकारी भाषणकला सम्बन्धी तालिम सम्पन्न

Devghat Online

शेयर गरौ

देवघाट । बैशाख १३

देवघाटधाम जेसीजको आयोजनामा प्रभावकारी भाषणकला सम्बन्धी तालिम कार्यक्रम देवघाट–५ स्थित कालीगण्डकी रिसोर्टमा सफलतापूर्वक शनिबार सम्पन्न भएको छ । कार्यक्रममा देवघाटधाम जेसीजका बोर्ड पदाधिकारी तथा सदस्यहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

देवघाटधाम जेसीज वर्ष २०२६ का अध्यक्ष अर्जुन सुवेदीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संयोजक वर्ष २०२६ का उपाध्यक्ष सन्तोष सुवेदी रहेका थिए ।

तालिममा वर्ष २०२५ का अध्यक्ष तथा जेसीआई नेपाल टट ग्राजुएट रघु मल्लले सहजीकरण गरेका थिए । तालिमका क्रममा सहभागीहरूलाई प्रभावकारी रूपमा बोल्ने कला, प्रस्तुतीकरण शैली, आत्मविश्वास अभिवृद्धि तथा नेतृत्व विकास सम्बन्धी महत्वपूर्ण सीपहरूबारे प्रशिक्षण दिइएको थियो । कार्यक्रमले सहभागीहरूको व्यक्तित्व विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ ।

देवघाटधाम जेसीजका अध्यक्ष अर्जुन सुवेदीले यस्ता सिपमूलक तालिमहरूले सदस्यहरूको क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे । साथै उनले कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग पु¥याउने सम्पूर्ण सहभागी, प्रशिक्षकप्रति आभार व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता