म्याग्देमा कृषि तथा जलवायु सुचना केन्द्र स्थापना हुने

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख १५

म्याग्दे गाउँपालिकाकामा कृषि तथा जलवायु सुचना केन्द्र स्थापना हुने भएको छ । यस सम्बन्धि सम्झौता पत्रमा मंगलबार हस्ताक्षर भएको छ ।
स्थानीय समुदाय तथा विशेष गरी कृषकहरुलाई समयमा नै मौसम तथा जलवायु सम्बन्धि सूचना उपलब्ध गराउने उद्देश्यले चिल्ड्रेन नेपाल र गाउँपालिकाको सहकार्यमा कृषि तथा जलबायु सूचना केन्द्र स्थापना गरिने भएको हो ।

उक्त कार्यक्रम सञ्चालनको लागि आवश्यक आर्थिक सहयोग चिल्ड्रेन नेपालबाट व्यवस्थापन हुने म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए । उक्त सुचना केन्द्र स्थापना पछि कृषकहरुलाई मौसमजन्य असरबारे पुर्व संकेत दिने, दैनिक तापक्रमको जानकारी दिने तथा मौसम जन्य घटनाको जानकारी प्राप्त हुनेछ ।

यसको लागि गाउँपालिकाको कृषि शाखा केन्द्रमा सुचना केन्द्र स्थापना तथा तथा मौसमको पुर्व जानकारी दिने प्रणाली स्थापना गरिने भएको छ । उक्त प्रणालीले बाढी, अतिबृष्टि तथा खडेरीको बारेमा पनि जानकारी दिनेछ । जसले कृषकहरुलाई कुन समयमा कस्तो खेती लगाउने भन्ने जानकारी प्राप्त हुने र लाभ लिन सक्ने जनाईएको छ ।

सम्झौता पत्र हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख प्रशासकीय अधिकृत अधिकारी तथा चिल्ड्रेन नेपाल संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल