म्याग्देमा बजेटको पुर्व तयारी कार्यक्रम

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख १५

म्याग्दे गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेटको पुर्व तयारी थालेको छ । मंगलबार गाउँपालिकाको सभाहलमा कार्यक्रम आयोजना गरि आगामी आर्थिक वर्ष २०८३/०८४ को प्रारम्भीक बजेट पूर्वतयारीको बारेमा छलफल गरेको हो ।

आगामी आर्थिक वर्षमा बजेटमा सम्बोधन गर्नुपर्ने विषयहरुको बारेमा उक्त कार्यक्रममा सुझाव लिईएको थियो । सबैको सुझावबाट आगामी आर्थिक वर्षको बजेटमा सबैको अपनत्व हुने गरि बजेट तयार गर्न सहयोग पुग्ने प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए । म्याग्दे गाउँपालिकाले वडास्तरमा पनि बजेटको पुर्व तयारी र छलफल गर्ने भएको छ ।

उक्त कार्यक्रममा गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले पुर्व तयारीले बजेट निर्माणमा सहयोग पुग्ने र बजेटमा सबैको भवना सम्बोधन हुने अपेक्षा गरे ।

सो कार्यक्रममा गाउँपालिकाका स्थानीय नागरिक, बुद्धिजिवी, राजनीतिक दलका पदाधिकारीहरु तथा सरोकारवाला नागरिकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बजेटको सिलिङको बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण