मर्मतका लागि कालीगण्डकी ‘ए’ जलविद्युत् गृहको ड्याम खोलिने, सुरक्षित रहन आग्रह

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख २४

२५ वैशाख साँझदेखि कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रको सरसफाइ एवं मर्मत गरिने भएको छ । साँझ ५ बजेदेखि सरसफाइ एवं मर्मत सम्भारका कार्य हुने भएकोले पावरहाउसका तीन वटै मेसिन पूर्ण रूपमा बन्द गरिने भएको छ ।

सरसफाइ एवं मर्मतका समयमा सुरुङमार्फत पावरहाउसमा जाने पानी डाइभर्ट गरी ड्यामका सबै गेट खोलिने केन्द्रले जनाएको छ । ड्यामका सबै गेट खोलिने भएकोले कालीगण्डकी नदीमा साविकको तुलनामा पानीको बहाव बढ्ने र नदीको सतह अस्थायी रूपमा उच्च हुने सम्भावना रहेको जनाइएको छ ।

त्यसैले सम्बन्धित निकायले नदी किनार तथा आसपासका बासिन्दा, निर्माण व्यवसायी तथा सर्वसाधारणलाई निर्माणजन्य सामग्री, उपकरण तथा अन्य वस्तुहरू सुरक्षित स्थानमा समयमै सार्न आग्रह गरेको छ । उक्त समयमा नदी किनार क्षेत्रमा अनावश्यक रूपमा नजान विशेष अनुरोध गरिएको छ ।

कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्र ले मर्मत कार्यका कारण हुने अस्थायी जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन सबै सरोकारवालालाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता

देवघाट कलेजको विकास र भावी योजनाबारे बृहत् छलफल, साझा सम्पत्तिका रूपमा अघि बढाउन जोड

देवघाट । भदौ २१ देवघाटमा उच्च शिक्षाको अवसर सुनिश्चित गर्ने उद्देश्यले स्थापित देवघाट सामुदायिक कलेजको