देवघाटको वेणी संगममा बनाईएका टहराहरु सात दिन भित्र हटाउन निर्देशन

Devghat Online

शेयर गरौ

देवघाट । बैशाख २४

देवघाट स्थित त्रिशुली र कालीगण्डकीको संगम वेणीमा बनाईएका टहराहरु सात दिनभित्र हटाउनुपर्ने भएको छ । देवघाट क्षेत्र विकास समितिले देवघाटधामको वेणी संगममा विभिन्न संघसंस्था, जोगी, भिक्षु पण्डित तथा व्यवसायीहरूले विभिन्न प्रयोजनको लागि बनाएको टहराहरू सात दिनभित्र अर्थात् वैशाख ३० गतेभित्र हटाउन निर्देशन दिएको छ ।

देवघाट गाउँपालिका वडा नम्बर ५ कार्यालयले बुधबार सुचना प्रकाशन गरि देवघाटको वेणी संगममा बनाइएका अस्थायी टहरा हटाउनकोलागि देवघाट क्षेत्र विकास समितिलाई अनुरोध गरेको थियो । वडाका विभिन्न राजनीतिक दलहरुले समेत वेणी संगममा बनाईएका टहरा हटाउनको लागि पहल गर्न वडा कार्यालयलाई अनुरोध गरेको थियो ।

वेणी संगमको स्नानघाट संरक्षणकोलागि बनाईएका पर्खाल भन्दा तल विभिन्न संघसंस्था, जोगी, भिक्षु पण्डित तथा व्यवसायीहरूले विभिन्न प्रयोजनको लागि बनाएको टहराहरू सात दिनभित्र हटाउनुपर्ने देवघाट क्षेत्र विकास समितिका सदस्य रामहरि पुडासैनीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण