दुर्गा मन्दिर संरक्षण संस्थाको चौथो साधारण सभा सम्पन्न

Devghat Online

शेयर गरौ

देवघाट । बैशाख २६

देवघाट गाउँपालिका–५ तनहुँमा अवस्थित दुर्गा मन्दिर संरक्षण संस्थाको चौथो साधारण सभा शनिबार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष प्रवीण कार्कीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा देवघाट गाउँपालिका–५ का वडा सदस्य बुद्धिबहादुर पाण्डेय, सीता सामुदायिक वनका अध्यक्ष भानुभक्त न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

साधारण सभामा हालसम्म मन्दिर निर्माण कार्यका लागि जम्मा रु. २६ लाख ९५ हजार ७ सय ६१ रुपैयाँ खर्च भइसकेको जानकारी प्रस्तुत गरिएको थियो । निर्माण कार्यलाई पूर्णता दिन अझै आर्थिक सहयोग आवश्यक रहेकोले आफ्ना छरछिमेकी, नातागोता तथा देशविदेशमा रहनुहुने सम्पूर्ण हिन्दु धर्मावलम्बी भक्तजनहरूबाट सहयोगको अपेक्षा गरिएको अध्यक्ष कार्कीले बताए ।

सो अवसरमा अध्यक्ष कार्कीले मन्दिर केवल ईँटा र ढुंगाले बनेको संरचना मात्र होइन, यो समाजको आस्था, संस्कार र एकताको प्रतीक पनि भएको र यस पवित्र कार्यलाई अघि बढाउन आफुले महत्वपूर्ण भुमिका खेलेको बताए । मन्दिर निर्माणको लागि आफुले ६१ हजार १ सय ५ रुपैया प्रदान गरिएको कार्कीले जानकारी दिए । उक्त दुर्गा मन्दिर देवघाटको एक मात्र मन्दिर रहेको कार्कीले बताए ।

तीन रोपनी क्षेत्रफलमा निर्माण हुने उक्त मन्दिरको डिपिआर अनुसारको निर्माण लागत २ करोड ४६ लाख रहेको र हाल सम्म २६ लाख ९५ हजार ७ सय ६१ रुपैयाँ खर्च भइसकेको कार्कीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण