देवघाटमा नसर्ने रोगको स्क्रिनिङ एवं सचेतना कार्यक्रम हुने

Devghat Online

शेयर गरौ

देवघाट । बैशाख २७

देवघाट गाउँपालिका र सुर्य नेपाल प्रालिको संयुक्त आयोजनामा वडा नम्बर २ र ३ का विभिन्न स्थानमा नसर्ने रोगहरु सुगर, प्रेसर, मुटुको धडकन लगायत रोगको स्क्रिनिङ तथा समुदाय स्तरमा सचेतना कार्यक्रम हुने भएको छ ।

उक्त स्वास्थ्य शिविर बैशाख २९ गते वडा नम्बर २ को बैदी स्वास्थ्य चौकीमा, बैशाख ३० गते वडा नम्बर २ कै खाल्टे सामुदायिक स्वास्थ्य इकाईमा र बैशाख ३१ गते वडा नम्बर २ को कार्यालय ब्यागनमा हुने भएको छ ।

त्यस्तै जेठ १ गते वडा नम्बर ३ को कार्यालय ल्हुङग्रिङमा, जेठ २ गते वडा नम्बर ३ कै महिला स्वास्थ्य स्वंयसेविका टकमायाको घरमा र जेठ ३ गते छिपछिपे स्वास्थ्य चौकीमा उक्त स्वास्थ्य शिविर हुने देवघाट गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख प्रदिपकुमार बुढाथोकीले जानकारी दिए ।

सो शिविरमा सुगर परिक्षण, इसिजि, युएसजी, लगायतको परिक्षण तथा नसर्ने रोग सम्बन्धि सचेतना कार्यक्रम हुने बुढाथोकीले बताए । सो शिविरमा उपस्थित भई लाभ लिन बुढाथोकीले अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा

घर–घरमा पुगेर विद्यार्थीको सिकाई अवस्था बुझ्दै बेनीमित्र विद्यालयका शिक्षक

तनहुँ । भदौ १७ व्यास नगरपालिका–१३, बेनीकोटस्थित बेनीमित्र आधारभूत विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था, घरको सिकाइ