सफल शर्मा । देवघाट, बैशाख २७
राष्ट्रिय स्वतन्त्र पार्टी देवघाट गाउँपालिका वडा नम्बर ५ को प्रथम वडा कमिटी अधिवेशन आइतबार देवघाटमा सम्पन्न भएको छ । अधिवेशनले नारायण सापकोटाको सभापतित्वमा नयाँ कमिटि चयन गरेको छ ।




कमिटिको उपसभापतिमा भारती शर्मा, सचिवमा गोमा न्यौपाने तथा सदस्यमा निशा दाहाल, श्याम गुरुङ, बुद्ध बहादुर बोटे, यकुमाया थापा, सुशील ढकाल, यज्ञराज न्यौपाने र राम बहादुर हमाल चयन भएका छन् ।

रास्वपा देवघाटका संयोजक गोविन्द न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको उक्त अधिवेशनको रास्वपा स्वास्थ्य विभागका उपप्रमुख डा.रुपक घिमिरिले उद्घाटन गरेका थिए । सो कार्यक्रममा डा. घिमिरे, रास्वपा तनहुँका सभापती विश्व बास्तोला, मानकाजी श्रेष्ठ, अनिल श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।












