शुक्लागण्डकीका विभिन्न योजनामा प्रदेश सरकारसँग बजेट माग

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख २९

शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले विभिन्न योजनाका लागि गण्डकी प्रदेश सरकारसँग बजेट माग गरेका छन् । मंगलवार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विभिन्न सडक योजनाकोलागि बजेट विनियोजनकोलागि मागपत्र बुझाएका हुन् ।

उनले नगरका मुल सडकहरुलाई सम्पन्न गराउन बजेट अभाव रहदै आएको बताउदै पुरा गर्नलागि ध्यानाकर्षण गराए ।

वडा नम्बर १ को कार्यालय जोड्ने लालध्वज सडक मार्ग, वडा नम्बर १२ को कार्यालय जोड्ने लिलाचोक लामागाउँ मोटरमार्ग, वडा नम्बर ६ को प्रमुख धार्मिकस्थल तीनखोलेदेवी मन्दिर पुग्ने तीनखोलेदेवी मोटरमार्ग, वडा नम्बर ८ को डहरे मोटरमार्ग र वडा नम्बर १२ को प्युरीदोभानदेखि स्याङ्जाको पुतलीबजार जोड्ने दोभान पुल निर्माणकोलागि बजेट माग गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण