राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा अवरुद्ध

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख ३०

राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा अवरुद्ध भएको छ । गत वैशाख २१ गते देखि राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीमा प्राविधिक समस्या आएको र यसको मर्मत कार्य जारी रहेकोले सो कार्य पुरा नभएसम्मको लागि सेवा अवरुद्ध भएको हो ।

राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीमा देखिएको समस्या समाधान नभएसम्मका लागि राष्ट्रिय परिचयपत्र सम्बद्ध राष्ट्रिय परिचयपत्र विवरण दर्ता र राष्ट्रिय परिचयपत्रको विवरण सच्याउने सम्बन्धी सेवाहरु अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

यसबाट सर्वसाधारण तथा सेवाग्राहीमा पुग्न गएको असुविधाप्रति क्षमाप्रार्थी रहेको जनाउँदै प्रशासनले उक्त सेवाको बारेमा थप सोधपुछ तथा सम्पर्कका लागि परिचयपत्र विभागमा कार्यरत प्रताप पण्डित (९८६०२५०६२७), जमुना श्रेष्ठ (९८४६१०९१८८) र मिलन चौधरी (९८१४६६९९२१) लाई सम्पर्क गर्न सकिने र राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीमा देखिएको समस्या समाधान हुनसाथ पूर्ववत रुपमा सेवा प्रवाह हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

असार २४ः आजीवन गुरुकुल शिक्षा र गुरुपरम्पराको उत्थानमा लागेका एक महान् वेदान्त गुरुको पुण्य स्मृति दिवस

देवघाट । असार २४ वि.सं.२०७४ साल असार २४ गतेका दिन पूर्वीय दर्शन र वेदान्त विषयका

महिलाको आत्मनिर्भरताकालागि म्याग्दे–५ मा ३३ जना महिलालाई धुपबाट बत्ती बनाउने तालिम

तनहुँ । असार २३ महिलाको आर्थिक सशक्तीकरण, स्वरोजगार सिर्जना तथा स्थानीय स्रोत–साधनमा आधारित उद्यम विकास