तनहुँ । बैशाख ३१
घिरिङ गाउँपालिकाको वडा नम्बर १, २, ४ र ५ लाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको छ । वडा खोप समन्वय समितीको आयोजनामा आयोजित कार्यक्रममा ति वडाहरुलाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको हो ।



वडा नम्बर १ मा गाउँपालिकाकी उपाध्यक्ष राधादेवी अधिकारी, वडा नम्बर २ मा वडा अध्यक्ष नरबहादुर थापा, वडा नम्बर ४ मा वडा अध्यक्ष भिमबहादुर कुमाल र वडा नम्बर ५ मा घिरिङ गाउँपालिकाका अध्यक्ष होम बहादुर थापा तथा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले पुर्ण खोप सुनिश्चितता तथा दिगोपनाको घोषणापत्रमा हस्ताक्षर र प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

‘स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागितामा, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ सन्चालित खोप अभियान पुर्ण भएपछि ति वडाहरुलाई पुर्ण खोप सुनिश्चित भएको घोषणा गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्णप्रसाद रिमालले बताए । स्वास्थ्यकर्मिहरुको घरधुरी सर्वेक्षणले देखाएको तथ्यांक अनुसार वडा भित्रका १६ देखि ५९ महिना सम्मका बालबालिकाले पुर्ण खोप प्राप्त गरे पछि उक्त घोषणा गरिएको गाउँपालिकाले जनाएको छ ।

वडा स्तरीय खोप समन्वय समितिको आयोजनामा भएको कार्यक्रममा वडाका जनप्रतिनिधिहरुस्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद रिमाल, वडाका जनप्रतिनिधिहरु, सम्पूर्ण राजनीतिक दलका प्रतिनिधि, स्वास्थ्यकर्मीहरू, स्वयंसेविका तथा सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

पुर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले खोप पाउनु सबै बालबालिकाको नैसर्गिक अधिकार भएको बताए । उनले सबै बालबालिकालाई समयमै आवश्यक सबै खोप लगाउनुपर्ने बताए ।

वडा नम्बर ३ लाई चाँडै नै पुर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिने र त्यस पश्चात चाँडै नै गाउँपालिकाला नै पुर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गर्ने तयारी रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रिमालले बताए ।












