द्रुतमार्गको खोकना विवाद समाधान गर्न उपसमितिको पहल

Devghat Online

शेयर गरौ

काठमाडौं । जेठ ४

प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिद्वारा गठित ‘राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमिति’का संयोजक एवं तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य इन्जिनियर श्रीराम न्यौपानेले काठमाडौँ–तराई/मधेश द्रुतमार्गअन्तर्गत खोकना क्षेत्रको विवाद समाधानका लागि विशेष पहल थालेका छन् ।

संयोजक न्यौपानेको नेतृत्वमा रहेको उच्चस्तरीय टोलीले लामो समयदेखि निर्माण कार्य ठप्प र विवादित रहेको ललितपुरको खोकना क्षेत्रको स्थलगत अनुगमन गर्दै समस्या समाधानका लागि अग्रसरता देखाएको हो । नेपाली सेनाको प्राविधिक तथा व्यवस्थापकीय जिम्मेवारीमा निर्माण भइरहेको यस राष्ट्रिय गौरवको आयोजनाको सुरुआती ६.५ किलोमिटर खण्ड (खोकना)मा जग्गा प्राप्ति, मुआब्जा वितरण तथा स्थानीय धार्मिक, सांस्कृतिक र पुरातात्त्विक सम्पदासँग जोडिएका विषयका कारण लामो समयदेखि भौतिक प्रगति प्रभावित हुँदै आएको छ ।

आइतबार गरिएको स्थलगत अनुगमनपछि उपसमितिका संयोजक एवम् सांसद न्यौपानेले विकासको गति र स्थानीय सम्पदाको संरक्षणबिच वैज्ञानिक सन्तुलन कायम गर्दै समस्याको दीर्घकालीन तथा निकासमुखी समाधान तत्काल खोज्न आवश्यक रहेको बताए । राज्यको राष्ट्रिय महत्त्वको यस पूर्वाधार आयोजनालाई गति दिन र स्थानीय नागरिकको भावनाको सम्मान गर्न मध्यमार्गी उपायमार्फत तत्काल निकास दिनुपर्नेमा न्यौपानेले जोड दिए ।

संयोजक न्यौपानेले राष्ट्रिय गौरवको यस आयोजनाको गति बढाउन स्थानीय नागरिकको भावना र सांस्कृतिक सम्पदा दुवैको कदर गर्दै मध्यमार्गी उपायबाट तत्काल निकास दिन आवश्यक रहेको बताए । उनले ६.५ किलोमिटर खण्डको विवाद अन्त्य गर्नु अहिलेको मुख्य चुनौती र आवश्यकता रहेको बताए । द्रुतमार्ग निर्माण कार्यलाई तीव्र गतिमा अघि बढाउन उपसमितिले संसद्को पूर्वाधार विकास समिति र नेपाल सरकारलाई छिट्टै वस्तुनिष्ठ प्रतिवेदन तथा ठोस सुझाव पेस गर्ने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

सम्पत्ति छानबिन आयोगमा क–कसले सम्पत्ति विवरण बुझाउनुपर्छ ?

काठमाडौं । बैशाख ३१ सम्पत्ति छानबिन आयोगले दायरामा परेका सार्वजनिक पदाधिकारीहरुलाई एक महिनाभित्र सम्पत्ति विवरण