तनहुँमा धमाधम वडा अधिवेशन गर्दै रास्वपा

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ ४

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धमाधम वडा अधिवेशनमा केन्द्रित भएको छ । केन्द्रीय महाधिवेशनको मिति तय भएसँगै पार्टीले वडा, पालिका र जिल्ला अधिवेशनको पनि मिति तोकेपछि रास्वपाले धमाधम वडा अधिवेशन गर्न थालेको हो ।

हालसम्म एक पटक पनि वडा अधिवेशन नभएको वडाहरुमा अहिले वडा अधिवेशन चलिरहेको रास्वपा तनहुँका सभापती विश्व बास्तोलाले बताए ।

वैशाख २० गते अघि वडा समिति गठन भइनसकेका वडाको अधिवेशनको मिति जेठ ३ गतेका लागि तोकिएको थियो । जेठ ३ गतेसम्म वडा समिति नबनेका वडाहरुमा जेठ १० गतेसम्म वडा अधिवेशन गरिसक्ने रास्वपाको कार्यतालिका रहेको बास्तोलाले बताए ।

बास्तोलाका अनुसार हालसम्म क्षेत्र नम्बर १ को देवघाटको वडा नम्बर ४ र भानुको वडा नम्बर ६ बाहेकको सम्पुर्ण वडामा अधिवेशन सकिएको भने क्षेत्र नम्बर २ को पालिकाहरुमा जेठ १० गतेसम्म अधिवेशन सकिने छ । ऋषिङ र घिरिङ गाउँपालिकामा भने वडा अधिवेशनको सट्टामा पहिलो चरणमा वडा भेला गर्ने रास्वपाको योजना रहेको छ ।

जेठ १० गतेसम्म वडा अधिवेशन र भेला गरिसकेपछि रास्वपाले पालिका अधिवेशन जेठ १७ को लागि तोकिएको बास्तोलाले बताए । रास्वपाको पहिलो महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण