तनहुँ । जेठ ४
एसईई परिक्षाको नतिजा सार्वजानिक भएको एक साता बितिसकेको छ । तर अझै परिक्षाको नतिजा भने चर्चामै रहेको छ । खासगरि शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने विद्यालयको चर्चा शिक्षक, विद्यार्थी र अभिभावकको विचमा अझै पनि चलिरहेको छ । नाम चलेका विद्यालयहरुले शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउन नसक्दा नामै नसुनिएका ग्रामिण क्षेत्रका विद्यालयहरुले यसपटक शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउन सकेका छन् ।



तनहुँमा सामुदायिक तर्फ नौ वटा, संस्थागत तर्फ सात वटा विद्यालयले शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराएका छन् । त्यस्तै गुरुकुल तर्फ देवघाटमा सन्चालित चारवटै गुरुकुलले शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराएका छन् । शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने सामुदायिक विद्यालयहरुमा देवघाट गाउँपालिकाको तिन वटा, ऋषिङ गाउँपालिकाको तिन वटा, भिमाद नगरपालिकाको दुई वटा र व्यास नगरपालिकाको एक वटा रहेका छन् ।
शतप्रतिशत विद्यार्थी गराउने सामुदायिक विद्यालयहरुमा देवघाटको आदर्श शिक्षा मावि खाल्टे, कालिका मावि देवघाट र सिद्ध माहाकाली मावि देवघाट रहेका छन् । त्यस्तै ऋषिङको शुक्ला मावि झापुटार, शान्ति मावि दुभुङ र बालशिक्षा निकेतन मावि भिरकोट रहेका छन् । त्यस्तै भिमादको पृथ्वी मावि हुँका र हिमालय मावि भानुमती रहेका छन् । त्यस्तै व्यास नगरपालिकाको महर्षी बेदव्यास संस्कृत माविले पनि शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराएको छ ।
त्यसैगरि संस्थागत विद्यालयहरु तर्फ व्यास नगरपालिकाको वडा नम्बर १ को आदिकवि भानुभक्त माध्यमिक विद्यालय, व्यास १ कै दमौली पव्लिक अंग्रेजी स्कुल, वडा नम्बर ४ को कन्काई ग्लोबल एकेडेमी र वडा नम्बर ११ को ब्लुमिङ एकेडेमीले शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराएका छन् ।
त्यस्तै शुक्लागन्डकीको माउन्ट अन्नपुर्ण एकेडेमी खैरेनीटार र कन्चनजंघा अंग्रेजी स्कुल दुलेगौंडा तथा म्याग्देको आदर्श अंग्रेजी स्कुलले पनि शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराएका छन् ।
गुरुकुल तर्फ देवघाटमा सन्चालित चारवटै गुरुकुलले शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराएका छन् । जसमा महेश संस्कृत गुरुकुल, परमानन्द संस्कृत गुरुकुल, बेदबेदाङ्ग गुरुकुल तथा माँ कल्याणी बैदिक कन्या गुरुकुल रहेका छन् ।












