देवघाट गाउँपालिकाका स्वास्थ्य संस्थामा बैशाख महिनाभर १७०८ जनाले सेवा लिए

Devghat Online

शेयर गरौ

देवघाट । जेठ ८

देवघाट गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुमा बैशाख महिनाभर १७०८ जना सेवाग्राहीले सेवा लिएका छन् । कुल सेवाग्राही मध्ये ९५९ जना महिला र ७४९ जना पुरुष सेवाग्राही रहेका छन् । कुल सेवाग्राही मध्ये पहिलोपटक सेवा लिनेको संख्या ५४७ रहेको छ । उक्त संख्यामा आकस्मिक स्वास्थ्य सेवा लिनेको संख्या २५० रहेको छ ।

देवघाट गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुबाट आकस्मिक र बहिरंग सेवा, नियमित खोप सेवा, गाउँघर क्लिनिक सेवा, पोषण सेवा, सुरक्षित मातृत्व सेवा, परिवार नियोजन सेवा, डट्स सेवा, आमाबाट बच्चामा हुने एचआईभी संक्रमणको परिक्षण सेवा, नसर्ने रोगको परिक्षण सेवा, मलेरिया परिक्षण सेवा, कुष्ठरोग सेवा, प्रयोगशाला सेवा, पुर्ण खोप सुनिश्तिता तथा दिगोपना सम्बन्धि घरधुरी सर्वेक्षण सेवा, बालबालिकाको पोषण लेखाजोखा सेवा तथा दन्त परिक्षण सेवा लगायतका स्वास्थ्य सेवाहरु प्रदान भईरहेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
नियमित खोप सेवा पाउनको संख्या ५१७ रहेको छ भने पुर्ण खोप पाएका बालबालिकाको संख्या २० रहेको छ । भिटामिन ए र जुकाको औषधी पाउने बालबालिकाको संख्या ७७४ रहेको छ । सुरक्षित मातृत्व तर्फ २२ जना महिलाले सेवा लिएका छन् । परिवार नियोजन सेवा तर्फ सरकारी स्वास्थ्य संस्थाबाट बैशाख महिना भर ७०५ वटा कन्डम निशुल्क वितरण गरिएको स्वास्थ्य शाखाले जनाएको छ । त्यस्तै ६८१ जना महिलाले परिवार नियोजन सम्बन्धि विभिन्न सेवा लिएका छन् ।

त्यसैगरि बैशाख महिनामा क्षयरोगका १ जना विरामी पहिचान भई डट्स उपचार सेवामा आएका छन् । त्यसैगरि गाउँपालिकाका ४३ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुबाट ८५६ जनालाई स्वास्थ्य सम्बन्धि परामर्श सेवा प्रदान गरिएको छ । आमाबाट बच्चामा हुने एचआईभी संक्रमणको परिक्षण सेवा अन्तर्गत ९ जना बालबालिकाको एचआईभी परिक्षण गरिएको छ । त्यस्तै नसर्ने रोग तर्फ २९५ जनाको उच्च रक्तचाप तथा मधुमेहको परिक्षण गरिएको छ । २२ जनाको मलेरिया परिक्षणकोलागि रक्त परिक्षण गरिएको छ भने १ जना नयाँ कुष्ठरोगी फेला परेको देवघाट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रदिपकुमार बुढाथोकीले जानकारी दिए ।

त्यसैगरि १३० जनाले प्रयोगशालाको सेवा लिएका छन् भने १० जनाले दन्त सम्बन्धि सेवा लिएका छन् । पुर्ण खोप सुनिश्तिता तथा दिगोपना घोषणाकोलागि ३६०८ घरधुरीमा सर्वेक्षण गरिएको छ । त्यसैगरि ६ महिनादेखी ५९ महिनासम्मका बालबालिकाको पोषण लेखाजोखा गरिएको संख्या ६८७ रहेको स्वास्थ्य शाखा प्रमुख बुढाथोकीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा

घर–घरमा पुगेर विद्यार्थीको सिकाई अवस्था बुझ्दै बेनीमित्र विद्यालयका शिक्षक

तनहुँ । भदौ १७ व्यास नगरपालिका–१३, बेनीकोटस्थित बेनीमित्र आधारभूत विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था, घरको सिकाइ