देवघाट लुकायो कार्यपालिका बैठकको निर्णय

Devghat Online

शेयर गरौ

देवघाट । जेठ १०

देवघाट गाउँपालिकाले गाउँ कार्यपालिकाको बैठकका निर्णयहरू सार्वजनिक नगरेको बारेमा स्थानीय अगुवाहरुले प्रश्न उठाएका छन् । देवघाट सामाजिक संयन्त्रका अध्यक्ष अर्जुन अधिकारीले यसबारेमा सार्वजानिक रुपमा प्रश्न उठाएका छन् ।

अधिकारीले सामाजिक सन्जालमा लेख्दै ‘देवघाट गाउँपालिकाले गाउँ कार्यपालिकाका सबै बैठकका निर्णयहरू किन सार्वजनिक नगरेको ?’ भन्ने प्रश्न उठाएका छन् । ‘यदि निर्णयहरू पारदर्शी, जनहितकारी र कानुनसम्मत छन् भने लुकाउनुपर्ने कारण के हो’ भन्दै अधिकारीले ‘स्थानीय सरकार सञ्चालन ऐन र सुशासनको मर्म अनुसार सार्वजनिक सरोकारका निर्णयहरू समयमै वेबसाइट तथा सूचना पाटी मार्फत सार्वजनिक हुनुपर्छ ।’

जनतालाई जानकारी दिनु दायित्व हो, रहस्य बनाउनु होइन भन्दै अधिकारीले हालसम्मका सम्पूर्ण निर्णयहरू तुरुन्त वेबसाइटमार्फत सार्वजनिक गर्न अनुरोध गरेका छन् । अन्यथा सूचनाको हक सम्बन्धि ऐन तथा प्रचलित कानुन अनुसार आवश्यक प्रक्रिया अगाडि बढाउने अधिकरारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले