खारेज हुने भयो, कालिगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना

Devghat Online

शेयर गरौ

देवघाट । जेठ २०

सरकारले कालिगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना खारेज गर्ने भएको छ । कालीगण्डकी नदीको अस्तित्व मासिने गरि निर्माण गर्न लागिएको उक्त कालिगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना सरकारले खारेज गर्ने भएको हो ।

कालीगण्डकी नदीको पानी रुपन्देही स्थित तिनाउ नदीमा पथान्तरण गरी बिजुली निकाल्न तथा सिंचाई गर्ने उद्देश्यले कालीगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाको खाका बनेको थियो । उक्त आयोजना सन्चालन भएमा नदी तटीय क्षेत्रका लुम्बनी प्रदेशका पाल्पा र गण्डकी प्रदेशका स्याङ्जा, तनहूँ र नवलपुर सम्मका १० वटा स्थानीय तहका नागरिक प्रत्यक्ष प्रभावित हुने भन्दै यो आयोजनाको चौतर्फी विरोध भएको थियो ।

उक्त परियोजना सन्चालनकोलागि बुटवलमा कार्यालय स्थापना गरिसकिएको थियो । कालीगण्डकीको पानी तिनाउ नदीमा खसालेर रूपन्देही र कपिलवस्तुका खेतमा सिँचाइ पु¥याउने तथा १२६ मेगावाट विद्युत निकाल्ने यो परियोजनाको लक्ष्य रहेको थियो ।

रुपन्देहीका बुटवल, भैरहवा, लुम्बिनीसहितका शहरहरुमा जनघनत्व बढ्दै जाँदा सुक्दै गएको तिनाउ नदीमा पानीको पुनःसञ्चितीकरणका लागि उपयुक्त विकल्पको रुपमा तिनाउ–कालीगण्डकी डाइभर्सनलाई हेरिएको थियो । यो परियोजना सम्पन्न भएपछि रुपन्देही र कपिलवस्तुमा सिँचाइको पर्याप्त व्यवस्था हुने र विद्युतको उत्पादनसमेत बढ्ने दावी विज्ञहरुले गर्दै आएका थिए ।

स्याङ्जाको गल्याङ नगरपालिका–१, मालुङ्गा र पाल्पाको रम्भा गाउँपालिका–३, पीपलडाँडा क्षेत्रमा ड्याम बनाएर २७ किलोमिटर लामो सुरूङमार्फत पाल्पाको तिनाउ स्थित दोभानमा पानी खसालिने आयोजनाको लक्ष्य रहेको थियो । २७ किलोमिटर सुरूङमार्फत दोभानमा १ सय मेगावाट विद्युत उत्पादन गर्ने र दोभानमा विशाल जलाशय निर्माण गरेर केही भाग पानी तिनाउ नदीमा बगाइने र त्यहाँबाट बुटवलको बेलवाससम्म ७ किलोमिटर लामो सुरूङमार्फत अर्को विद्युत गृह निर्माण गरी २६ मेगावाट विद्युत उत्पादन गरिने आयोजनाको लक्ष्य रहेको थियो । त्यसरी बेलवास पुगेको पानीलाई नहर मार्फत कपिलवस्तु सम्म पु¥याएर सिंचाइका काममा प्रयोग गर्ने लक्ष्य रहेको थियो । यसो हुँदा रुपन्देही र कपिलवस्तुका एक लाख हेक्टर जमिनमा सिंचाइको सुविधा पुग्ने अपेक्षा थियो ।

प्राकृतिक रुपमा बगिरहेको नदी डाइभर्सन गर्दा त्यसले ठूलो वातावरणीय चुनौती ल्याउने भन्दै तल्लो तटीय क्षेत्रका स्थानीयले भने यो आयोजनाको विरोध गर्दै आएका थिए । भगवान श्रीकृष्णको गन्डस्थलबाट प्रभाहित भएको कालिगन्डकी विश्वकै शालीग्राम पाइने एक मात्र नदी भएको हुँदा उक्त नदी कुनै खोलामा लगेर मिसाई सिंचाईको लागि प्रयोग गर्न नहुने अभियन्ताहरुको भनाई छ । कालीगन्डकीलाई आफ्नै स्वरुपमा बहन दिनुपर्ने भन्दै उनीहरुले कालीगन्डकी डाईभर्सन योजना धर्म र संस्कृति मास्ने षड्यन्त्र स्वरुप आएको बताउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातिय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसमा तनहुँका विभिन्न स्थानीय तहले दिए सार्वजानिक बिदा

तनहँ । जेठ १९ जातिय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको अवसरमा तनहुँका विभिन्न स्थानीय तहले

शंकराचार्य विधुशेखर भारतीको नेपाल भ्रमणले दिएका सन्देश

६० वर्षपछि शृङ्गेरी शारदामठका जगद्गुरु शंकराचार्य (उत्तराधिकारी) श्री श्री विधुशेखर भारती नेतृत्वमा रहेको ‘जम्बो’ धार्मिक