ऋषिङलाई पूर्णखोप सुनिश्चित घोषणा तथा दिगोपना सुनिश्चितता प्रमाणीकरण सम्पन्न

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ २०

ऋषिङ गाउँपालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा तथा दिगोपना सुनिश्चितता प्रमाणीकरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकामा बुधबार आयोजित कार्यक्रममा उक्त घोषणा गरिएको हो ।

उक्त कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले यस उपलब्धिका लागि निरन्तर योगदान पु¥याउनुहुने सम्पूर्ण स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि, अभिभावक, सरोकारवाला निकाय तथा समुदायप्रति धन्यवाद व्यक्त गरे ।

सो कार्यक्रममा प्रदेश जनस्वास्थ्य कार्यालय, तनहुँका खोप सुपरभाइजर शंकरबाबु अधिकारीले पूर्णखोप सुनिश्चितताको अवस्था, यसको दिगोपनाको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल अंगाईले पनि मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा गाउँपालिका खोप समन्वय समितिका पदाधिकारीहरू, जनप्रतिनिधिहरू, स्वास्थ्य शाखाका कर्मचारीहरू, स्वास्थ्य संस्थाका प्रमुख तथा स्वास्थ्यकर्मीहरू, महिला स्वास्थ्य स्वयंसेविकाहरू, सरोकारवाला निकायका प्रतिनिधिहरू लगायतको सहभाष्तिा रहेको थियो ।

‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता–पूर्णखोप सुनिश्चितताको हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारालाई आत्मसात गर्दै ऋषिङ गाउँपालिकाले पूर्णखोप सुनिश्चितताको उपलब्धिलाई दिगो बनाउने प्रतिबद्धता व्यक्त गरेको प्रमुख प्रशासकीय अधिकृत अंगाईले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा

घर–घरमा पुगेर विद्यार्थीको सिकाई अवस्था बुझ्दै बेनीमित्र विद्यालयका शिक्षक

तनहुँ । भदौ १७ व्यास नगरपालिका–१३, बेनीकोटस्थित बेनीमित्र आधारभूत विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था, घरको सिकाइ