विहिबार जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस, तनहुँका नौ स्थानीय तहमा सार्वजानिक बिदा

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ २०

विहिबार जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस । नेपाल सरकारले वि.सं २०६३ साल जेठ २१ गते सबै किसिमका विभेद र जातिय छुवाछुत उन्मुलन राष्ट्र घोषणा गरेको स्मरणमा यो दिन देशैभर भेदभाव तथा छुवाछुत विरुद्ध विभिन्न कार्यक्रम गरि मनाइदैछ ।

यस अवसरमा तनहुँमा विभिन्न कार्यक्रम गरि मनाइदैछ । उक्त दिवसको अवसरमा तनहुँका आबुँखैरेनी बाहेकका सबै स्थानीय तहले सार्वजानिक बिदा दिएका छन् । स्थानीय तहहरुले अत्यावश्यक सेवा बाहेक स्थानीय तह अन्तर्गतका कार्यालय, सम्पुर्ण वडा कार्यालय, विद्यालय तथा संघ संस्थामा सार्वजानिक बिदा दिएका छन् । बिदा दिएका स्थानीय तहले यस दिन जातिय विभेद तथा छुवाछुत उन्मुलन सम्बन्धी सचेतना कार्यक्रम सन्चालन गर्न पनि अनुरोध गरेका छन् ।

नेपालको संविधानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवद्र्धन गर्दै वर्गीय, जातीय, क्षेत्रीय, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामुलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प राखेको छ ।

जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो । यसको विरुद्धमा दृढतापूर्वक उभिई लोकतान्त्रिक राज्य प्रणालीलाई सार्थक बनाउन सम्पूर्णलाई संवेदनशील हुन हार्दिक अपिल सहित जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसबाट सुसंस्कृत र छुवाछुतरहित समतामूलक समृद्ध समाज निर्माण गर्न लाग्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा

घर–घरमा पुगेर विद्यार्थीको सिकाई अवस्था बुझ्दै बेनीमित्र विद्यालयका शिक्षक

तनहुँ । भदौ १७ व्यास नगरपालिका–१३, बेनीकोटस्थित बेनीमित्र आधारभूत विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था, घरको सिकाइ