सरकारको निर्णय सच्याउन माग गर्दै हस्ताक्षर बुझाइयो

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ २५

नेपाल पत्रकार महासंघ तनहुँ शाखाले सरकारी विज्ञापन निजी सञ्चारमाध्यममा नदिने सरकारको निर्णय सच्याउन माग गर्दै सङ्कलन गरिएको हस्ताक्षर सरकारलाई बुझाएको छ ।

शाखाको आयोजनामा सोमबार प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीमार्फत सरकारलाई हस्ताक्षर बुझाइएको हो । महासंघले जेठ ७ गते सञ्चालन गरेको हस्ताक्षर सङ्कलन अभियानअन्तर्गत सङ्कलित हस्ताक्षर सरकारसमक्ष पेश गरिएको जनाएको छ ।

हस्ताक्षर बुझाउने कार्यक्रममा शाखाका अध्यक्ष डिपी अधिकारी, पूर्व अध्यक्ष प्रकाशचन्द्र भट्टराई, ओमकार आचार्य, सल्लाहकार नारायण खड्का लगायतको सहभागिता रहेको थियो । महासंघले सरकारी निर्णयको विरोधमा थप आन्दोलनका कार्यक्रमसमेत घोषणा गरेको छ । जस अनुसार शाखाको आयोजनामा जेठ २७ र २९ गते जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहान ११ बजेदेखि १२ बजेसम्म धर्ना कार्यक्रम रहेको छ ।

महासंघले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने निर्णयले प्रेस स्वतन्त्रता र सञ्चार क्षेत्रको दिगोपनामा असर पर्ने भन्दै उक्त निर्णय पुनर्विचार गर्न सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

शुक्लागण्डकीमा टाटा सुमो दुर्घटना हुँदा चालकसहित १२ जना घाइते

तनहुँ । साउन १२ शुक्लागण्डकी नगरपालिका–१२ सिम्लेस्थित भित्री सडक खण्डमा मंगलबार यात्रुबाहक टाटा सुमो दुर्घटना

निरन्तर पहिरो झर्न थालेपछि मुग्लिन–नारायणगढ सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक

चितवन । साउन १२ मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत मुग्लिन बजार नजिकै नारायणगढतर्फ सुक्खा पहिरो खसेर