देवघाटमा पालिका स्तरीय अपाङ्ग सञ्जाल गठन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

Devghat Online

शेयर गरौ

देवघाट । असार ३

देवघाट गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरूको हक, अधिकार र सहभागिता सुनिश्चित गर्ने उद्देश्यले पालिका स्तरीय अपाङ्ग सञ्जाल गठन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा कुमार पाण्डेको अध्यक्षतामा ११ सदस्यीय पालिका स्तरीय अपाङ्ग सञ्जाल गठन गरिएको छ । नवगठित सञ्जालले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार संरक्षण, क्षमता विकास तथा विभिन्न तहका निकायसँग समन्वय गरी समुदायमा रहेका समस्याहरू समाधानका लागि सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिकाकी उपाध्यक्ष भुवन सिं गुरुङले अपाङ्गता भएका व्यक्तिहरूले आफूलाई कमजोर वा असक्षम ठान्न नहुने बताउँदै आत्मविश्वासका साथ सक्षम नागरिकको रूपमा अघि बढ्नुपर्ने धारणा व्यक्त गरे । उनले आफ्नो हक र अधिकारका लागि अरूको भर पर्नुभन्दा स्वयं जागरूक र सक्रिय हुन आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि गाउँपालिकाले आवश्यक सहयोग, समन्वय र सहकार्य गर्ने प्रतिबद्धता जनाए ।

नवगठित सञ्जालका अध्यक्ष कुमार पाण्डेले संविधान तथा प्रचलित कानुनले अपाङ्गता भएका व्यक्तिहरूलाई प्रदान गरेका अधिकारहरूको कार्यान्वयनका लागि सञ्जालले प्रभावकारी भूमिका खेल्ने बताए । उनले वडा तहदेखि केन्द्रसम्म अपाङ्गता भएका व्यक्तिहरूका हक, अधिकार, अवसर र सेवा सुविधाका विषयमा सम्बन्धित निकायलाई निरन्तर झकझकाउने तथा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा सहभागीहरूले अपाङ्गता भएका व्यक्तिहरूको सामाजिक, आर्थिक तथा राजनीतिक सहभागिता वृद्धि गर्न संगठित प्रयास आवश्यक रहेकोमा जोड दिएका थिए । नवगठित सञ्जालले आगामी दिनमा अपाङ्गता भएका व्यक्तिहरूको समस्या पहिचान, पैरवी तथा अधिकार सुनिश्चितताका लागि योजनाबद्ध रूपमा काम गर्ने विश्वास व्यक्त गरिएको छ ।

सञ्जालको उपाध्यक्षमा गोपीलाल आले मगर, सचिवमा ऋषिराम पौडेल र कोषाध्यक्षमा टोलीमाया राना तथा सदस्यहरुमा हरिमाया कोईराला, सुधा चापागाँई, तुलीमाया राना, हेमराज गुरुङ, ओमबहादुर गुरुङ र नविन पौडेल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता