आबुँखैरेनीको नीति तथा कार्यक्रम पारित

Devghat Online

शेयर गरौ

तनहुँ । असार ३

आबुँखैरेनी गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम पारित गरिएको छ । बुधबार सम्पन्न गाउँपालिकाको १९ औं अधिवेशनमा गाउँपालिकाका अध्यक्ष शुक्र चुमानद्वारा प्रस्तुत नीति तथा कार्यक्रमलाई सर्वसम्मत रुपमा पारित गरिएको हो ।

आबुँखैरेनी गाउँपालिकाले स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, युवा रोजगारी, सीप विकास, पूर्वाधार निर्माण तथा सामाजिक सुरक्षालाई प्रमुख प्राथमिकतामा राख्दै समृद्ध र आत्मनिर्भर आँबुखैरेनी निर्माणको लक्ष्य लिएको छ ।

आँबुखैरेनी अस्पतालको स्तरोन्नति, विपन्न नागरिकको निःशुल्क उपचार, चेपाङ समुदायको निःशुल्क स्वास्थ्य बिमा, प्रविधिमैत्री विद्यालय, उच्च शिक्षाको विस्तार, खेलकुद पूर्वाधार विकास, उत्पादनमा आधारित कृषि अनुदान, पशु तथा बाली बिमा, पर्यटन क्षेत्रको प्रवद्र्धन, सडक, खानेपानी र सिँचाइ विस्तार लगायतका कार्यक्रम आगामी वर्षका मुख्य आकर्षण रहनेछन् । महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा विपन्न समुदायलाई केन्द्रमा राखेर सामाजिक न्याय, समानता र समावेशी विकासका कार्यक्रम सञ्चालन गरिनेछन् ।

साथै वातावरण संरक्षण, फोहोरमैला व्यवस्थापन, विपद् तयारी तथा सांस्कृतिक सम्पदाको संरक्षणलाई पनि विशेष महत्व दिइएको छ । ‘पर्यटन, कृषि, उद्यम र पूर्वाधार सुखी र समृद्ध आँबुखैरेनीको आधार’ तथा ‘शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको महत्वः आँबुखैरेनी गाउँपालिकाको दायित्व’ भन्ने मूल नारासहित गाउँपालिकाले नागरिकमुखी, उत्तरदायी र विकासमुखी कार्यक्रम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

गाउँपालिकाको १९ औं अधिवेशनको दोश्रो बैठकमा आगामी आर्थिक वर्षको आय/व्यय प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण