मेलिनियम ट्रेक परिचयात्मक तथा होमस्टे प्रवद्र्धन कार्यक्रम सम्पन्न

Devghat Online

शेयर गरौ

तनहुँ । असार ६

मेलिनियम ट्रेकको आयोजना तथा शुक्लागण्डकी नगरपालिका वडा नम्बर १२ को आर्थिक सहयोगमा सञ्चालित मेलिनियम ट्रेक परिचयात्मक तथा होमस्टे प्रवद्र्धन कार्यक्रम शनिबार शुक्लागण्डकी–१२ स्थित प्युरी दोभान टोलमा भव्य रूपमा सम्पन्न भएको छ ।

कार्यक्रम मेलिनियम ट्रेकका महासचिव हर्क गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेशका पर्यटन मन्त्री यशोदा रिमाल रहेकी थिइन् । उक्त कार्यक्रममा मन्त्री रिमाल, गन्डकी प्रदेश सभाका सांसद श्यामराजा महत, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक एवं गण्डकी प्रदेश योजना आयोगका निवर्तमान उपाध्यक्ष डा. श्रीकान्त खतिवडा, शुक्लागण्डकी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल, वडा नम्बर १२ का अध्यक्ष इन्द्र गुरुङ, पुतलीबजार नगरपालिका वडा नम्बर ६ का अध्यक्ष खेम गुरुङ, शुक्लागण्डकी नगरपालिकाका निवर्तमान कार्यपालिका सदस्य भरत लामगादे, जनशिशु आधारभूत विद्यालयका प्रधानाध्यापक मनबहादुर भुजेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा विभिन्न जनप्रतिनिधि, टोल विकास संस्था, आमा समूह, स्थानीय अगुवा तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो । कास्की, तनहुँ र स्याङ्जाको संगमस्थल प्युरी दोभानमा आयोजित कार्यक्रममा मेलिनियम ट्रेकको पर्यटन, होमस्टे प्रवद्र्धन तथा स्थानीय आर्थिक विकासमा रहने महत्वपूर्ण योगदानबारे चर्चा गरिएको थियो । कास्कीको दोबिल्लाबाट सुरु भई डाँडागाउँ, प्युरी दोभान, जस्पुर, लामागाउँ र घरेटी हुँदै स्याङ्जासम्म जोडिने मेलिनियम ट्रेकले यस क्षेत्रको पर्यटन विकासमा नयाँ सम्भावना सिर्जना गर्ने विश्वास व्यक्त गरिएको छ ।

सो कार्यक्रमको सञ्चालन मिलेनियम ट्रेकका सदस्य बाल कुमार गुरुङले गरेका थिए भने स्वागत मन्तव्य ट्रेकका सदस्य खड्क विक्रम खाँडले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता