तनहुँ । असार ६
गण्डकी प्रदेश सरकारको विभिन्न मन्त्रालय मार्फत तनहुँ जिल्लामा आगामी आर्थिक वर्षमा सयौं योजना कार्यान्वयन हुने भएका छन् । आर्थिक मामिला मन्त्रालयबाट सार्वजानिक गरिएको विकास कार्यक्रम अनुसार प्रदेश सरकारको ६ वटा मन्त्रालयको मातहतका कार्यालय मार्फत तनहुँमा ६२० वटा भन्दा बढि योजनाहरु कार्यान्वयनमा जाने छन् भने चालु प्रकृतिका दर्जनौं कार्यक्रम पनि सन्चालन हुनेछन् ।



मन्त्रालयका कार्यक्रममा सबैभन्दा बढि उर्जा, सिंचाई तथा जलश्रोत मन्त्रालय मार्फत खानेपानी तथा सरसफाई डिभिजन कार्यालय अन्तर्गत २०४ वटा योजना सन्चालन हुने भएको छन् । त्यस्तै सोही मन्त्रालय अन्तर्गतको जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालत तनहुँ मार्फत ७८ वटा योजना कार्यान्वयनमा जाने भएका छन् ।
त्यस्तै भौतिक पुर्वाधार मन्त्रालय मार्फत पुर्वाधार विकास कार्यालय तनहुँ अन्तर्गत १७७ वटा योजना पनि कार्यान्वयनमा जाने भएका छन् । उद्योग पर्यटन मन्त्रालय मार्फत एकिकृत सेवा कार्यालय तनहुँ अन्तर्गत ४८ वटा योजना र सोही मन्त्रालयको समाजिक विकास कार्यक्रम अन्तर्गत ६५ वटा योजना पनि कार्यान्वयन हुने भएको छ ।
त्यसैगरि कृषि भुमी तथा सहकारी मन्त्रालय मार्फत कृषि विकास कार्यालय तनहुँ अन्तर्गत २२ वटा कार्यक्रम तथा सोही मन्त्रालय मार्फत भेटनेरी अस्पताल तथा पशु सेवा कार्यालय अन्तर्गत ११ वटा कार्यक्रम पनि सन्चालन हुनेछ ।
वन तथा वातावरण मन्त्रालय मार्फत भु–तथा जलाधार व्यवस्थापन कार्यालय अन्तर्गत तनहुँमा १० वटा कार्यक्रम सन्चालन हुने भएको छ । यो कार्यालयको तनहुँ, कास्की, लमजुङ, नवलपुर, मनाङ र गोरखा कार्यक्षेत्र रहेको छ । उक्त कार्यालय मार्फत कार्यक्षेत्रका सबै जिल्लामा ८१ वटा कार्यक्रम रहेको छ । त्यस्तै सोही मन्त्रालय अन्तर्गतको डिभिजन वन कार्यालय मार्फत ८ वटा कार्यक्रम पनि तनहुँमा सन्चालन हुने भएको छ ।
सामाजिक विकास युवा तथा खेलकुँद मन्त्रालय मार्फत शिक्षा तालिम केन्द्र दमौली अन्तर्गत ९ वटा कार्यक्रम तथा स्वास्थ्य मन्त्रालय मार्फत प्रदेश अस्पताल तनहुँमा ५ वटा, प्रदेश आयुर्वेद चिकित्सालयमा ४ वटा र प्रदेश जनस्वास्थ्य कार्यालयमा ८ वटा योजना पनि कार्यान्वयनमा जाने भएको छ ।
त्यस्तै गन्डकी प्रदेश सरकारले प्रेस रजिष्टारको कार्यालय मार्फत नेपाल पत्रकार महासंघको भवनमा इ–लाईब्रेरी स्थापना र सन्चालनको लागि १० लाख रुपैयाँ विनियोजन गरेको छ ।











