करेन्ट लगाएर माछा मार्ने छ जना नियन्त्रणमा

Devghat Online

शेयर गरौ

तनहुँ । असार १३

म्याग्दे गाउँपालिका–१ स्थित साँगे खोलामा करेन्ट लगाएर अवैध रूपमा माछा मारिरहेको अवस्थामा छ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार करेन्ट प्रयोग गरी माछा मारिरहेको भन्ने विशेष सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा खटिएको थियो । प्रहरी टोलीले माछा मार्न प्रयोग गरिने ब्याट्री, इन्भर्टर जस्ता विद्युतीय उपकरण र अन्य सामग्रीसहित उनीहरूलाई रङ्गेहात नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई आवश्यक कानुनी कारबाहीका लागि व्यास नगरपालिकाको कार्यालयमा पठाइएको थियो । स्थानीय सरकार सञ्चालन ऐन तथा पर्यावरण संरक्षण सम्बन्धी स्थानीय व्यवस्था अनुसार नगरपालिकाको कार्यालयले शुक्रबार उनीहरूलाई जनही १० हजार रुपियाँ जरिवाना गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता