भारतीय सवारी चालकलाई सडक सुरक्षा सम्बन्धी सचेतना

Devghat Online

शेयर गरौ

तनहुँ । असार १५

तनहुँ प्रहरीले भारतीय नम्बर प्लेटका सवारी साधनका चालकलाई लक्षित गर्दै सोमबार पनि सडक सुरक्षा सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।

सोमबार बिहान ६ देखी साँझ ६ बजेसम्म तनहुँ जिल्ला प्रवेश गर्ने भारतीय सवारी साधनका चालकहरूलाई सडकको अवस्था, सुरक्षित यात्रा, गति नियन्त्रण तथा ट्राफिक नियमको पालना सम्बन्धी जानकारी दिइएको हो ।

उक्त कार्यक्रम अन्तर्गत इलाका प्रहरी कार्यालय बेलचौताराले ९२ तथा इलाका प्रहरी कार्यालय आबुखैरेनीले ८७ वटा भारतीय सवारी साधनका चालकलाई सचेतनामूलक अभिमुखीकरण गरेको जनाइएको छ ।

बढ्दो सवारी चाप र सम्भावित सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त अभियानमा चालकहरूलाई सुरक्षित गति अपनाउन, ट्राफिक नियमको पूर्ण पालना गर्न तथा सडक अवस्थाअनुसार सावधानीपूर्वक सवारी सञ्चालन गर्न आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।

यसैगरि मुग्लिङ पोखरा सडक खण्डमा हुन सक्ने दुर्घटनालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले सोमबार बिहान पनि संयुक्त रुपमा चालक सचेतना कार्यक्रम आयोजना ग¥यो ।

सोमबार बिहान ४ बजेदेखी ७ बजेसम्म २५ वटा दुई पाङग्रे सवारी साधन, ४१ वटा ४ पाङग्रे साना सवारी साधन र ४३ वटा ठुला सवारी साधनका चालकलाई सडकको अवस्था, मौसम, लेन अनुशासन, ट्राफिक नियमको पालना सम्बन्धि सम्झाईबुझाई गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरि म्याग्दे गापा–१ माथिल्लो गुणादी स्थित पृथ्वीराजमार्गमा सडक माथीबाट खसेको ढुङ्गा प्रहरी टोलीले पन्छाएको थियो । सडकमा ढुङ्गा जानकारी प्राप्त हुना साथ जिल्ला प्रहरी कार्यालय तनहुँबाट टोली खटिगई सडकमा भएको ढुङगा पन्छाई सडक सुचारु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पसमा होटल व्यवस्थापन अध्यापनकोलागि सम्भाव्यता अध्ययन

तनहुँ । असार १५ आदिकवि भानुभक्त क्याम्पसमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत होटल व्यवस्थापन विषय

‘श्वेतशार्दुल’ का लेखक राईलाई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ प्रदान

काठमाडौं । असार १४ मदन भण्डारी फाउण्डेसनले यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ लेखक तथा

उर्जामन्त्री श्रेष्ठले गरे कालिका कालीगण्डकी जलविद्युत आयोजनाको निरिक्षण

देवघाट । असार १३ उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले देवघाट गाउँपालिका–५ को साँढेबगरमा निर्माणाधिन

समाजसेवी देवकोटाद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई स्टेशनरी सामग्री सहयोग

विष्णु मगर । देवघाट, असार १३ काठमाडौं निवासी व्यवसायी तथा समाजसेवी सुष्मा देवकोटाले देवघाट गाउँपालिका–४