म्याग्दे गाउँपालिकाकाको ७४ करोड ३२ लाखको बजेट पारित

Devghat Online

शेयर गरौ

तनहुँ । असार १५

म्याग्दे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को लागि ७४ करोड ३२ लाख ७८ हजारको बजेट पारित गरेको छ । सोमबार सम्पन्न २० औं गाउँसभाको तेश्रो बैठकले गत असार ८ गतेको दोश्रो बैठकमा उपाध्यक्ष बालकृष्ण घिमिरेले प्रस्तुत गर्नुभएको बजेटलाई सर्वसम्मत रुपमा पारित गरेको हो ।

विनियोजित बजेट मध्ये चालु तर्फ ४७ करोड ९३ लाख र पुँजिगत तर्फ २६ करोड ३९ लाख रहेको छ । उक्त बजेटको श्रोत सुनिश्चितताकोलागि संघीय सरकारको वित्तिय समानीकरण अनुदानबाट नौ करोड ९२ लाख, सर्शत अनुदानबाट ३९ लाख, चालुबाट १८ करोड, राजश्व बाँडफाँड तर्फ ८ करोड ७७ लाख, त्यसैगरि गण्डकी प्रदेशको प्रदेश वित्तिय समानीकरणबाट एक करोड २१ लाख, राजश्व बाँडफाँड ९० लाख, सडक बोर्डबाट २३ लाख अनुमान गरिएको छ ।

त्यस्तै आन्तरिक आयबाट १५ करोड, समपुरक अनुदानबाट ७० लाख, विशेष अनुदानबाट ४० लाख, सामाजिक सुरक्षा भत्ताबापत १३ करोड, प्रदेश समपुरक अनुदान ६० लाख, विशेष अनुदान ४० लाख तथा नागरिक साझेदारीबाट दुई करोड प्राप्त हुने अनुमान गरिएको छ ।

विनियोजन तर्फ वडागत रुपमा वडा नम्बर १ को लागि ५० लाख ७५ हजार, वडा नम्बर २ को लागि ५५ लाख ३१ हजार, वडा नम्बर ३ को लागि ४५ लाख, वडा नम्बर ४ को लागि ५० लाख ४७ हजार, वडा नम्बर ५ को लागि ४६ लाख, वडा नम्बर ६ को लागि ५१ लाख र वडा नम्बर ७ को लागि ५० लाख बजेट विनियोजन गरिएको छ ।

त्यस्तै आर्थिक विकास तर्फ चार करोड १८ लाख, सामाजिक विकास तर्फ ३३ करोड १६ लाख ८३ हजार, पुर्वाधार विकास तर्फ २५ करोड ३९ लाख ६८ हजार, वन, वातावरण तथा विपद व्यवस्थापन तर्फ ८७ लाख, कार्यालय सन्चालन र सुशासन तर्फ १० करोड ७१ लाख रुपैयाँ विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

म्याग्देले चालु आर्थिक वर्ष ०८२/०८३ को लागि ६८ करोड ७६ लाख ३६ हजार रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ ।
म्याग्दे गाउँपालिकाले दोश्रो आवधिक योजनाको दिर्घकालिन सोच ‘आत्मनिर्भर समृद्ध म्याग्देको आधार, मानव विकास कृषि पर्यटन र पुर्वाधार’ को लक्ष्यलाई साकार पार्ने अठोट सहित म्याग्दे गाउँपालिकालाई आगामी पाँच वर्ष भित्रमा स्मार्ट र नगरोन्मुख बनाइने नीति तथा कार्यक्रम पारित गरेको थियो । गाँउपालिकालाई स्मार्ट तथा नगरोन्मुख बनाउन ५ वर्ष भित्र निरन्तर कार्यान्वयन गर्ने गरि लागत साझेदारीमा भवन निर्माण तथा सडक कालोपत्रे गर्ने लक्ष्य लिईएको छ ।

एक घर एक व्यवसाय तथा स्वरोजगार कार्यक्रम, अति गरिब विपन्न आवास निर्माण योजना, ढल सडक सरसफाई, खानेपानी, गुणस्तरीय शिक्षा, स्वास्थ्यको उच्चतम प्रयोग, मानव संसाधन विकास, सुचना प्रविधिको उच्चतम प्रयोग, आर्थिक समाजिक रुपान्तरण, उत्पादन तथा उत्पादकत्व वृद्धिमा जोड दिई जलवायु र वातावरण मैत्री दिगो विकास गरिने गाउँपालिकाको नीति तथा कार्यक्रम रहेको छ ।

नीति तथा कार्यक्रम मार्फत अध्यक्ष श्रीप्रसाद श्रेष्ठले हालको पदाधिकारीको बाँकी रहेको करिब एक वर्षको कार्यकालमा ‘आत्मनिर्भर समृद्ध म्याग्देको आधार, मानव विकास कृषि पर्यटन र पुर्वाधार’ को अभियान सन्चालन गर्ने तथा खर्च कटौतीको लागि अनावश्यक चालु खर्च नियन्त्रण, सबै प्रकृतिका भ्रमण खर्च, अनावश्यक गोष्ठी, तालिम, अनावश्यक सामाग्री खरिद, ओभर स्टाफिङ तथा करार कार्यमा रोक लगाउने गरि दिर्घकालिन नीति प्रस्ताव गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पसमा होटल व्यवस्थापन अध्यापनकोलागि सम्भाव्यता अध्ययन

तनहुँ । असार १५ आदिकवि भानुभक्त क्याम्पसमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत होटल व्यवस्थापन विषय

‘श्वेतशार्दुल’ का लेखक राईलाई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ प्रदान

काठमाडौं । असार १४ मदन भण्डारी फाउण्डेसनले यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ लेखक तथा

उर्जामन्त्री श्रेष्ठले गरे कालिका कालीगण्डकी जलविद्युत आयोजनाको निरिक्षण

देवघाट । असार १३ उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले देवघाट गाउँपालिका–५ को साँढेबगरमा निर्माणाधिन

समाजसेवी देवकोटाद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई स्टेशनरी सामग्री सहयोग

विष्णु मगर । देवघाट, असार १३ काठमाडौं निवासी व्यवसायी तथा समाजसेवी सुष्मा देवकोटाले देवघाट गाउँपालिका–४