देवघाटमा अपाङ्गता भएका व्यक्तिकालागि १० दिने च्याउ खेती तालिम सुरु, १५ जना सहभागी

Devghat Online

शेयर गरौ

देवघाट । असार १६

देवघाटमा अपाङ्गता भएका व्यक्तिहरूलाई स्वरोजगार, आर्थिक आत्मनिर्भरता तथा उद्यमशीलतातर्फ उन्मुख गराउने उद्देश्यले सक्षमता विकास समाज नेपालद्वारा १० दिने च्याउ खेती तालिम सुरु गरिएको छ ।

देवघाट अपाङ्ग सञ्जालको समन्वयमा सञ्चालन गरिएको तालिममा १५ जना अपाङ्गता भएका व्यक्तिको सहभागिता रहेको छ । तालिममा सहभागीहरूलाई च्याउ खेतीको आधुनिक प्रविधि, बीउ व्यवस्थापन, उत्पादन प्रक्रिया, खेतीको हेरचाह, रोग तथा कीरा नियन्त्रण तथा बजारीकरणसम्बन्धी सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गरिने आयोजकले जनाएको छ । तालिमबाट सहभागीहरूलाई व्यावसायिक रूपमा च्याउ उत्पादन गर्न सक्षम बनाउँदै आयआर्जनको दिगो आधार तयार गर्ने अपेक्षा गरिएको छ ।

तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि देवघाट गाउँपालिका उपाध्यक्ष भुवन सिं गुरुङले सीप कहिल्यै खेर नजाने भएकाले प्रत्येक व्यक्तिले कुनै न कुनै सीप हासिल गर्नुपर्ने बताए । उनले अपाङ्गता भएका व्यक्तिहरूको क्षमता विकास र आर्थिक सशक्तीकरणका लागि गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ को बजेटमा आवश्यक कार्यक्रम समावेश गरेको जानकारी दिए ।

उक्त कार्यक्रममा विशिष्ट अतिथि देवघाट गाउँपालिका–५ का वडा अध्यक्ष पूर्णबहादुर कुँवरले सीप सिक्नु मात्र पर्याप्त नभई त्यसलाई व्यवहारमा उतारेर आयआर्जनसँग जोड्न सके मात्र तालिमको वास्तविक उपलब्धि हासिल हुने बताए । उनले एक्लै सम्भव नभए समूह बनाएर व्यवसाय सञ्चालन गर्न आग्रह गर्दै वडाबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

देवघाट अपाङ्ग सञ्जालका अध्यक्ष कुमार पाण्डेको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा उनले तालिमले सहभागीहरूलाई च्याउ खेतीसम्बन्धी आवश्यक सीप प्रदान गरी व्यावसायिक उत्पादनतर्फ अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरे। यसले अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक सशक्तीकरण, आत्मनिर्भरता तथा सम्मानपूर्ण जीवनयापनमा महत्वपूर्ण टेवा पुग्ने उनको भनाइ थियो ।

आयोजकका अनुसार यस्ता सीपमूलक तालिमले अपाङ्गता भएका व्यक्तिहरूलाई अवसरको पहुँचमा ल्याउँदै उत्पादनशील, आत्मनिर्भर र उद्यमशील नागरिकका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्नेछ । १० दिने उक्त तालिममा प्रशिक्षक भवि थापा र भरत घिमिरेले च्याउ खेतीसम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक प्रशिक्षण प्रदान गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पसमा होटल व्यवस्थापन अध्यापनकोलागि सम्भाव्यता अध्ययन

तनहुँ । असार १५ आदिकवि भानुभक्त क्याम्पसमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत होटल व्यवस्थापन विषय

सगरमाथा बृक्षारोपण महाअभियान तथा राष्ट्रिय बृक्षारोपण दिवसको अवसरमा शुक्लागण्डकीमा रुद्राक्ष रोपण

तनहुँ । असार १४ सगरमाथा वृक्षारोपण महाअभियान को २० वर्षे कार्ययोजना तथा राष्ट्रिय वृक्षारोपण दिवसको