देवघाट । असार १८
१५ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा देवघाट गाउँपालिकाका वर्ष ३१ का मिलन गुरुङ र वर्ष ३३ का समिर गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।



ति बालिकालाई असार १६ गते मंगलबार राती बलात्कार गरेको आरोपमा ति दुई पुरुषलाई इप्रका आबुँखैरेनीको प्रहरी टोलीले बुधबार दिउँसो पक्राउ गरेको हो ।
पक्राउ परेका आरोपित द्वयलाई अनुसन्धानकोलागि ७ दिनको म्याद थप गरि हिरासतमा राखिएको प्रहरीले जनाएको छ । पीडित बालिकाको बुधबार दमौली अस्पतालमा स्वास्थ्य परिक्षण भयो । पीडितका परिवारले आरोपित विरुद्ध बुधबार नै इलाका प्रहरी कार्यालय आबुँखैरेनीमा जाहेरी दिएका छन् ।











