देवघाटका मिर्गौला पीडित भुजेललाई नगद तथा खाद्यान्न सहयोग

Devghat Online

शेयर गरौ

देवघाट । साउन १

देवघाट गाउँपालिका–५, साउने निवासी २८ वर्षीय मिमलाल भुजेल विगत करिब आठ महिनादेखि मिर्गौला (किड्नी) फेल भई उपचाररत छन् । आर्थिक अवस्था अत्यन्त कमजोर भएका कारण उनको परिवारलाई उपचार खर्च व्यवस्थापन गर्न कठिनाइ भइरहेको छ ।

यसैबीच, देवघाट गाउँपालिका–५, देवपुर निवासी कोपिला भुजेलले मिमलालको उपचारमा केही राहत पुग्ने उद्देश्यले नगद रु. ५ हजार, एक बोरा चामल तथा तीन पोका खाने तेल सहयोग प्रदान गरेकी छन् ।

आर्थिक रूपमा सम्पन्न भएर होइन, दुःखमा परेका मानिसलाई सानो साथ पनि ठूलो हौसला बन्न सक्छ भन्ने विश्वासका साथ सहयोग गरेको बताइन् । उनले भनिन्, ‘मेरो यो सानो सहयोग देखेर अरू मनकारी व्यक्तिहरू पनि यस्ता पीडितको सहयोगका लागि अघि बढून् भन्ने मेरो चाहना हो, मानवता सबैभन्दा ठूलो धर्म हो ।’

मिमलाल भुजेलको परिवारले यस्तो कठिन अवस्थामा साथ र सहयोग गर्ने कोपिला भुजेलप्रति आभार व्यक्त गरेको छ ।

आर्थिक अभावसँगै गम्भीर रोगसँग संघर्ष गरिरहेका मिमलाल भुजेललाई आवश्यक उपचारका लागि सबै मनकारी व्यक्ति तथा सामाजिक संघसंस्थालाई सक्दो सहयोग गर्न स्थानीयले अपिल गरेका छन् । कठिन परिस्थितिमा गरिएको सानो सहयोगले पनि पीडित परिवारका लागि ठूलो आशा र भरोसा बन्न सक्ने विश्वास व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय