वर्षाले देवघाटको सालिग्राम करिडोर भासियो

Devghat Online

शेयर गरौ

देवघाट । साउन २

लगातारको अविरल वर्षाका कारण देवघाट गाउँपालिका वडा नम्बर ५ मा पर्ने सालिग्राम करिडोर भासिएको छ । देवघाट गाउँपालिका वडा नम्बर ५ को देवपुरबाट सोही वडाको साँढेबगर जाने सडकको मूलपानी नजिकै सडक भासिएपछि यातायात ठप्प भएको हो ।

उक्त सडक खण्ड भारी वर्षाका कारण क्षतिग्रस्त बनेको स्थानीय प्रशासनले जनाएको छ । सडकको कालोपत्रे भत्किएर भासिएपछि सो मार्ग भएर यात्रा गर्ने बासिन्दा मारमा परेको देवघाट गाउँपालिकाका प्रवक्ता एवं वडा ५ का वडाध्यक्ष पूर्णबहादुर कुँवरले बताए ।

उनका अनुसार सडकको बीचबाटै मूल फुटेका कारण जमिन कमजोर भएको छ । हाल उक्त स्थानमा सडक अझै भासिने उच्च जोखिम बढेको छ ।

अहिले सो सडक खण्डमा आवतजावत पूर्ण रूपमा बन्द गरी वैकल्पिक उपाय र सडक सञ्चालनका लागि आवश्यक पहल भइरहेको गाउँपालिकाले जनाएको छ । सो मार्ग जोखिम भएकोले प्रयोग नगर्न आग्रह गरिएको प्रवक्ता कुँवरले जानकारी दिए । उक्त भासिएको स्थानको देवघाटका जनप्रतिनिधि सहित प्राविधिकहरुले स्थलगत निरिक्षण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका कर्मचारीका आफन्तलाई सांसद न्यौपानेको धैर्य धारण गर्न अपिलः ‘उद्धारका लागि २४ सै घण्टा प्रयास जारी’

तनहुँ । भदौ १६ भोटेकोसीको बाढीले प्रभावित भएको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत कर्मचारीका आफन्तजनलाई