सांसदको पारिश्रमिकबाट अपाङ्गता भएका परिवारलाई ह्विलचियर

Devghat Online

शेयर गरौ

तनहुँ । साउन २

तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य ई. श्रीराम न्यौपानेले भिमाद नगरपालिका–७, राङरुङका अपाङ्गता भएका आमा–छोरालाई शनिबार ह्विलचियर प्रदान गरेका छन् । सांसद न्यौपानेले आफूले प्राप्त गरेको पारिश्रमिक सामाजिक कार्यमा लगाउने अभियान अन्तर्गत सुकुम्बासी परिवारका दुर्गाबहादुर परियारकी श्रीमती पार्वती परियार र २६ वर्षीय छोरा विश्व परियारलाई ह्विलचियर हस्तान्तरण गरेका हुन् ।

आफू राजनीतिमा व्यक्तिगत सुविधा वा लाभका लागि नभई राष्ट्रसेवा र जनताको हितका लागि आएको बताउँदै सांसद न्यौपानेले राज्यकोषबाट प्राप्त हुने सम्पूर्ण आर्थिक सुविधा समाजकै हितमा खर्चिने नीतिअनुरूप सहयोग गरिएको बताए ।

यसअघि सांसद न्यौपानेले सोही अभियानअन्तर्गत पहिलो महिनाको पारिश्रमिकबाट भिमाद नगरपालिका–४,सियालेका कर्णबहादुर कुमाललाई घरमै पुगेर ह्विलचियर उपलब्ध गराएका थिए । आर्थिक अभावका कारण ओछ्यानमै थुनिएर बस्नुपरेका कुमालले त्यतिबेला ह्विलचियर पाएपछि नयाँ जीवन पाएजस्तो महसुस भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले