आँबुखैरेनी गाउँपालिकाद्वारा ३८ जना भूमिहीन सुकुम्बासीको विवरण प्रमाणित, लालपूर्जा वितरणका लागि सिफारिश

Devghat Online

शेयर गरौ

तनहुँ । साउन ४

तनहुँको आँबुखैरेनी गाउँपालिकाले पालिकाभित्रका भूमिहीन सुकुम्बासीहरूलाई लालपूर्जा वितरण गर्ने प्रक्रिया अगाडि बढाएको छ । गत साउन १ गते बसेको आँबुखैरेनी गाउँकार्यपालिकाको बैठकले वडा नम्बर १ देखि वडा नं. ६ सम्मका ३८ जना भूमिहीन सुकुम्बासीहरूको विवरण प्रमाणित गरेको छ ।

प्रमाणित गरिएको उक्त विवरण लालपूर्जा वितरण कार्यका लागि भूमि समस्या समाधान समिति, तनहुँमा पेश गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष शुक्र चुमानका अनुसार भूमिहीन परिवारलाई सम्पत्ति अधिकार, सम्मानित जीवन र सुरक्षित भविष्य प्रदान गर्नु स्थानीय सरकारको प्रतिबद्धता रहेको छ ।

गाउँपालिकाले ‘भूमिहीनको हातमा धनी पुर्जा–समतामूलक समाजको ऊर्जा’ भन्ने नीति अङ्गीकार गर्दै समावेशी विकास, भूमि अधिकार, र पारदर्शी सेवा प्रवाहलाई प्राथमिकतामा राखेर समृद्ध आँबुखैरेनी निर्माणको लक्ष्य लिएको अध्यक्ष चुमानले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय