बहुमुल्य गहना लगाएर बोलवम मेलामा नआउन इप्रका देवघाटको अनुरोध

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, साउन ४

इलाका प्रहरी कार्यालय देवघाटले बोलवम स्नानको लागि देवघाट आउने भक्तजनहरुलाई भिडभाड नगर्न तथा बहुमुल्य गहना लगाएर नआउन अनुरोध गरेको छ । देवघाटधाम दर्शनका लागि आउने तीर्थयात्रीलाई भीडभाडका बेला बहुमूल्य गहना साथमा नल्याउन तथा नगद सुरक्षित राख्न ईलाका प्रहरी कार्यालय देवघाटका प्रमुख प्रहरी नायव निरीक्षक तीर्थराज पौडेलले आग्रह गरेका छन् ।

उनले मेला तथा भीडभाड हुने स्थानमा चोरी तथा अप्रिय घटना हुन सक्ने भएकाले सकेसम्म बहुमूल्य गहना नलगाई यात्रा गर्न र आफ्ना सामानप्रति विशेष सतर्क रहन तीर्थयात्रीलाई सचेत गराएका छन् ।

यसैविच इलाका प्रहरी कार्यालय देवघाटले बोलवम स्नानको लागि आउने भक्तजनहरुलाई भिडभाड नगर्न तथा बहुमुल्य गहना लगाएर नआउन अनुरोध गरेको छ । देवघाटधाम दर्शनका लागि आउने तीर्थयात्रीलाई भीडभाडका बेला बहुमूल्य गहना साथमा नल्याउन तथा नगद सुरक्षित राख्न ईलाका प्रहरी कार्यालय देवघाटका प्रमुख प्रहरी नायव निरीक्षक तीर्थराज पौडेलले आग्रह गरेका छन् ।

उनले मेला तथा भीडभाड हुने स्थानमा चोरी तथा अप्रिय घटना हुन सक्ने भएकाले सकेसम्म बहुमूल्य गहना नलगाई यात्रा गर्न र आफ्ना सामानप्रति विशेष सतर्क रहन तीर्थयात्रीलाई सचेत गराएका छन् । भीडभाडको फाइदा उठाउँदै केही व्यक्तिहरू चोरी तथा अन्य अप्रिय घटनामा संलग्न हुन सक्ने भएकाले तीर्थयात्रीलाई विशेष सतर्कता अपनाउन उनले आग्रह गरेका छन् । प्रनानि पौडेलका अनुसार घटना घटेपछि पछुताउनुभन्दा घटना हुनै नदिन सावधानी अपनाउनु सबैभन्दा प्रभावकारी उपाय हो ।

प्रनानी पौडेलले मेला तथा धार्मिक यात्राका क्रममा आफ्ना झोला, मोबाइल, पर्स र अन्य सामानप्रति विशेष ध्यान दिन, अपरिचित व्यक्तिमाथि सहजै विश्वास नगर्न तथा कुनै शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई जानकारी गराउन आग्रह गरेका छन् । ‘सुरक्षित यात्रा, सुरक्षित तीर्थयात्रा’ भन्ने सन्देशका साथ इप्रका देवघाटले सबै भक्तजनलाई सचेत, जिम्मेवार र सतर्क भएर धार्मिक यात्रामा सहभागी हुन अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय