तनहुँमा आ.व २०८२/०८३ मा संघ अन्तर्गतका कार्यालयबाट ५०.८७ प्रतिशत पुँजीगत बजेट खर्च

Devghat Online

शेयर गरौ

तनहुँ । साउन ४

आर्थिक वर्ष २०८२/०८३ मा तनहुँका संघ अन्तर्गतका कार्यालयबाट ५० दशमलव ८७ प्रतिशत पुँजीगत बजेट खर्च भएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय तनहुँका कोष नियन्त्रक सुदिपराज वस्नेतका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा संघ तर्फ १३ अर्ब २९ करोड ९१ लाख ६८ हजार १३२ रूपैयाँ बजेट बिनियोजन भएकोमा १० अर्ब ९० करोड १७ लाख ७५ हजार ५१४ रूपैयाँ बजेट खर्च भएको हो । यो ८१.९७ प्रतिशत खर्च भएको हो ।

गत आवमा २ अर्ब २९ करोड ७३ लाख ९२ हजार ६१७ रूपैयाँ बजेट खर्च हुन नसकेको हो । त्यस्तै पूँजीगततर्फ ५० दशमलव ८७ प्रतिशत मात्रै बजेट खर्च भएको छ । पूँजीगततर्फ ३ अर्ब २६ करोड ९५ लाख १० हजार बजेट विनियोजन भएकोमा १ अर्ब ६६ करोड ३१ लाख ३० हजार रूपैया खर्च भएको कार्यालयका लेखापाल भरत आचार्यले जानकारी दिए ।

त्यस्तै चालुतर्फ १० अर्व २ करोड ९६ लाख ५७ हजार ३८२ बजेट विनियोजन भएकोमा ९ अर्व २३ करोड ८६ लाख ४५ हजार अर्थात ९२.११ प्रतिशत बजेट खर्च भएको छ । समयमा काम नहुनुमा जेनजी आन्दोलन, पेट्रोलियम पदार्थको मुल्य वृद्धि, समयमा काम गर्ने प्रवृत्ति लगायतका कारणले पुँजीगत बजेट खर्च न्युन भएको पाईएको लेखापाल आचार्यको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय