घिरिङ गाउँपालिकाका दीर्घरोगीलाई मासिक रु. ५ हजार औषधि उपचार खर्च दिईने

Devghat Online

शेयर गरौ

तनहुँ । साउन ५

तनहुँको घिरिङ गाउँपालिकाले घातक एवं कडा रोग लागेका स्थायी बासिन्दाहरूलाई प्रदान गर्दै आएको मासिक ५ हजार रुपैयाँ औषधि उपचार खर्च निरन्तरताका लागि कागजात पेस गर्न आग्रह गरेको छ ।

गाउँपालिकाले एक सूचना जारी गर्दै मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूलाई चालू आर्थिक वर्ष २०८३/०८४ मा सो सुविधाको निरन्तरता तथा नयाँ बिरामी दर्ताका लागि आवश्यक कागजात पेस गर्न अनुरोध गरेको हो ।

नेपाल सरकारको ‘मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीलाई औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७८’ बमोजिम गाउँपालिकाले मासिक रु. ५ हजारका दरले यो रकम उपलब्ध गराउँदै आएको छ ।

उपचार खर्च निरन्तरता तथा नयाँ दर्ताका लागि आवश्यक कागजातहरू सहित निबेदन दिन गाउँपालिकाले अनुरोध गरेको छ । बिरामी उपचाररत अस्पतालको चिकित्सकको सिफारिस, बिरामीको नागरिकता वा जन्मदर्ताको प्रतिलिपि, सम्बन्धित बिरामीको बैंक खाताको चेकको प्रतिलिपि, सम्बन्धित वडा कार्यालयको नवीकरण सिफारिस पत्र तथा मेरुदण्ड पक्षघात रोगको हकमा बिरामीको अपाङ्गता परिचयपत्र वर्गीकरण प्रतिलिपि सहित निबेदन दिन गाउँपालिकका अनुरोध गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ढकालका अनुसार गाउँपालिकामा पहिलेदेखि दर्ता रहेका पुराना बिरामी र नयाँ थपिएका बिरामीहरूले तोकिएका कागजातहरू पेस गरी यो सुविधा लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय