भिमाद प्राथमिक स्वास्थ्य केन्द्रमा साप्ताहिक रूपमा विशेषज्ञ स्वास्थ्य सेवा सुरु

Devghat Online

शेयर गरौ

तनहुँ । साउन ५

तनहुँको भिमाद नगरपालिका–६ स्थित भिमाद प्राथमिक स्वास्थ्य केन्द्रमा अबदेखि साप्तहिक रूपमा विशेषज्ञ चिकित्सकहरूबाट सेवा प्रदान गरिने भएको छ । नगरवासीलाई घरआँगनमै सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले यो सेवा सुरु गर्न लागिएको हो ।

भिमाद नगरपालिका, नगर कार्यपालिकाको कार्यालय तथा भिमाद प्राथमिक स्वास्थ्य केन्द्र र शुक्लागण्डकीस्थित जि.पि.कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रबीच गत २०८३ असार ३१ गते भएको द्विपक्षीय सम्झौता अनुसार यो कार्यक्रम अघि बढाइएको हो ।

वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत प्राथमिक स्वास्थ्य केन्द्रमा प्रत्येक हप्ता विशेषज्ञ डाक्टरहरूले बिरामीको परीक्षण तथा उपचार गर्नेछन् । सोही निर्णय अनुसार साउन ६ गते बुधबार ‘इन्टर्नल मेडिसिन’का विशेषज्ञ चिकित्सकले भिमाद पुगेर बिरामीहरूलाई प्रत्यक्ष सेवा प्रदान गर्ने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै सम्बन्धित सम्पूर्ण बिरामी तथा सर्वसाधारणलाई स्वास्थ्य केन्द्रमा उपस्थित भई यो विशेषज्ञ सेवाको लाभ लिन र अवसरको सदुपयोग गर्न आग्रह गरेको छ ।

विशेषज्ञ चिकित्सकको सेवा विस्तार भएसँगै सामान्य उपचारका लागि पनि टाढाका अस्पताल धाउनुपर्ने स्थानीयको बाध्यता हट्ने र स्वास्थ्य क्षेत्रमा ठूलो राहत पुग्ने विश्वास लिइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मणिमुकुन्देश्वर चक्रवर्ती आश्रमको साधारण सभा तथा अधिवेशन सम्पन्न, अध्यक्षमा खनाल चयन

रामहरि पुडासैनी । देवघाट, भदौ २५ देवघाट गाउँपालिका–स्थित मणि मुकुन्देश्वर चक्रवर्ती आश्रमको २८ औँ वार्षिक

भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धारकालागि व्यास कोसेली घरद्वारा ४० हजारभन्दा बढी सहयोग

तनहुँ । भदौ २२ नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समिति तनहुँद्वारा सञ्चालित

शोकदिवसः सन्देश, श्रद्धाञ्जलि र प्रार्थना, प्रकृतिप्रति क्षमायाचना र मृतकहरूप्रति श्रद्धासुमन

रमणानन्द गिरि हिमालको सर्वोच्चताले सुशोभित भएको देश केवल सभ्यता र संस्कृतिमा अग्रणीमात्र हुँदो रहेनछ, संसारभरिका