देवघाट । साउन ९
“ज्ञान चाहिए देवघाट आउनू” भन्ने सन्देश फैलाउने उद्देश्यले गुरुकुलीय शिक्षाको केन्द्र देवघाटधाममा शनिबारदेखि दुई दिने अन्तर्राष्ट्रिय शास्त्रसभा प्रारम्भ भएको छ । सभा देवघाटमा अवस्थित महेश संन्यास आश्रम एवम् गुरुकुलले अद्वैत वेदान्तका प्रखर विद्वान् सन्तशिरोमणि डा स्वामी रामानन्द गिरिको स्मृतिमा आयोजना गरेको हो ।



केही वर्ष अघिदेखि बनारस, ऋषिकेश, सिक्किम, दार्जिलिङ् लगायतका विभिन्न भारतीय शहर र क्षेत्रहरुबाट संस्कृत पढ्नका लागि छात्रहरु देवघाटका गरुकुलमा आउने गरेकोमा पछिल्ला वर्षमा शास्त्रीय अध्ययन र अनुसन्धानका निम्ति भारतीय विद्वान्हरु पनि देवघाट आउन थालेका छन् । यसै सन्दर्भलाई औपचारिकता प्रदान गरी अन्तर्राष्ट्रिय प्राज्ञिक सहकार्यको थालनी स्वरुप आयोजित सभामा आमन्त्रित भएर श्रावण आठ गते सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय र काशी हिन्दू विश्वविद्यालयका पन्ध्रजना प्रतिष्ठित विद्वान्हरुको समूह महेश संन्यास आश्रम एवं महेश संस्कृत गुरुकुलमा आइपुगेको हो ।

महेश संन्यास आश्रम एवं गुरुकुल डा स्वामी रामानन्द गिरिले वि.सं.२०५० सालमा स्थापना गरेको गैर नाफामूलक धार्मिक एवम् शैक्षिक संस्था हो । नेपालमा आधुनिक गुरुकुलीय शिक्षा प्रणालीको विकासमा अग्रणी भुमिका खेलेको यस गुरुकुलले स्थापना कालदेखि नै नि:शुल्क औपचारिक गुरुकुलीय शिक्षा प्रदान गर्दै आएको छ । एउटै छानामुनि आधारभूत तहदेखि स्नातकोत्तर तहसम्मको औपचारिक स्तरीय शिक्षा दिने यस गुरुकुलबाट शिक्षित हजारौँ विद्यार्थीहरु राज्यका विभिन्न क्षेत्रमा संलग्न भएर सेवा प्रारम्भ गरिसकेका छन् भने सयौँ विद्यार्थीहरु आज पनि गुरुकुलमा रहेर नि:शुल्क विद्या आर्जन गरिरहेका छन् । यसै गुरुकुलले वि.सं.२०७४ सालको गुरुपूर्णिमाका दिन ब्रह्मलीन भएका आश्रमका संस्थापक अध्यक्ष डा स्वामी रामानन्द गिरिको नवौँ वार्षिक स्मृतिदिवसको उपलक्ष्यमा यही श्रावण ९ गतेदेखि १५ गतेसम्म सप्ताहव्यापी विभिन्न कार्यक्रमहरु सहितको गुरुपूर्णिमा एवम् नवौँ गुरुस्मृति महोत्सव आयोजना गरेको छ । सोही महोत्सव अन्तर्गत श्रावण नौ र दशगते सञ्चालन हुने रामानन्द प्रज्ञा शास्त्रसभामा भाग लिन सम्पूर्णानन्द विश्वविद्यालय वाराणसीका पूर्व कुलपति एवम् काशी हिन्दू विश्वविद्यालय संस्कृतविद्याधर्मविज्ञानसंकायका वर्तमान अध्यक्ष प्रोफेसर राजाराम शुक्ल र सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय तुलनात्मकदर्शन विभागका अध्यक्ष प्रोफेसर हरिप्रसाद अधिकारीको नेतृत्वमा भारतीय विद्वत्मण्डल देवघाट आइपुगेको हो ।

शास्त्रसभामा नेपाल संस्कृत विश्वविद्यालयका विभिन्न आंगिक विद्यापीठबाट वेद,वेदान्त,व्याकरण,न्याय,साहित्य,मीमांसा र धर्मदर्शन विषयका प्राध्यापकहरुको उपस्थिति रहेको छ । विशेष गिरी वाल्मीकी विद्यापीठ काठमाण्डौँ, विन्दुवासिनी संस्कृत विद्यापीठ पोखरा, विश्वविद्यालय विद्यापीठ दाङ्, कालिका संस्कृत विद्यापीठ-गैंडाकोट नवलपुर र यालना संस्कृत विद्यापीठ मटिहानी तथा महेश संस्कृत गुरुकुल विद्यापीठ, परमानन्द संस्कृत गुरुकुल विद्यापीठ, वेदवेदाङ्ग संस्कृत विद्यापीठ देवघाटका तीस जनाभन्दा धेरै विज्ञ प्राध्यापक र नेपाली संस्कृत छात्र समिति वाराणसीका आचार्य एवम् पदाधिकारीहरुको उल्लेख्य सहभागिता रहेको छ । दुई दिनका छवटा सत्रमा सञ्चालन हुने शास्त्रसभाको पहिलो दिन श्रावण ९ गते बिहान महेश संन्यास आश्रमका वर्तमान पीठाधीश स्वामी रमणानन्द गरिको अध्यक्षतामा समुद्घाटन सत्र सम्पन्न भएको छ । दिउँसो १०बजेदेखि १ बजेसम्म र ३ बजेदेखि ६ बजेसम्म सञ्चालित दुईवटा सत्रमा ११ जना विद्वान्हरुले प्रस्तुत गरेका विभिन्न शास्त्रीय विषयको गहन विमर्शसहित निष्कर्ष निकालिएको छ । सभाको दोस्रोदिन १० गते बिहान र दिउँसो सञ्चालन हुने तीनवटा सत्रमा १४ जना विद्वान्हरुले विभिन्न विषयमा प्रस्तुति दिने कार्यक्रम रहेको छ । आश्रमले गुरुपूर्णिमा एवम् ब्रह्मलीन गुरुको नवौँ स्मृतिउत्सवको उपलक्ष्यमा सप्ताहव्यापीरुपमा आयोजित कार्यक्रमहरु मध्ये श्रावण ११ र १२ गतेका कार्यक्रम शङ्कराचार्य मठ पशुपतिनाथ, काठमाण्डौमा सञ्चालन हुने छन् भने १३ गतेदेखि १५ गतेसम्मका उत्सवहरु देवघाटधाममा नै सञ्चालन हुने छन् । उत्सवको मुख्य कार्यक्रमका रुपमा श्रावण १३ हुने गुरुपूजन समारोह र १४ गतेको स्मृतिसभा एवम् भण्डारा कार्यक्रममा सहभागी हुन देवघाट,भरतपुर र गैँडाकोट क्षेत्रका स्थानीय र आफ्ना सम्पूर्ण अन्नदाता,अभिभावक,सहयोगी र शुभेच्छुकहरुलाई हार्दिक अनुरोधसहित निमन्त्रणा गरेको छ ।सन्देश फैलाउने उद्देश्यले गुरुकुलीय शिक्षाको केन्द्र देवघाटधाममा दुई दिने अन्तर्राष्ट्रिय शास्त्रसभा शनिबारदेखी प्रारम्भ भएको छ । सभा देवघाटमा अवस्थित महेश संन्यास आश्रम एवम् गुरुकुलले अद्वैत वेदान्तका प्रखर विद्वान् सन्तशिरोमणि डा स्वामी रामानन्द गिरिको स्मृतिमा आयोजना गरेको हो ।

केही वर्ष अघिदेखि बनारस, ऋषिकेश, सिक्किम, दार्जिलिङ् लगायतका विभिन्न भारतीय शहर र क्षेत्रहरुबाट संस्कृत पढ्नका लागि छात्रहरु देवघाटका गरुकुलमा आउने गरेकोमा पछिल्ला वर्षमा शास्त्रीय अध्ययन र अनुसन्धानका निम्ति भारतीय विद्वान्हरु पनि देवघाट आउन थालेका छन् । यसै सन्दर्भलाई औपचारिकता प्रदान गरी अन्तर्राष्ट्रिय प्राज्ञिक सहकार्यको थालनी स्वरुप आयोजित सभामा आमन्त्रित भएर श्रावण आठ गते सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय र काशी हिन्दू विश्वविद्यालयका पन्ध्रजना प्रतिष्ठित विद्वान्हरुको समूह महेश संन्यास आश्रम एवं महेश संस्कृत गुरुकुलमा आइपुगेको हो ।

महेश संन्यास आश्रम एवं गुरुकुल डा.स्वामी रामानन्द गिरिले वि.सं.२०५० सालमा स्थापना गरेको गैर नाफामूलक धार्मिक एवम् शैक्षिक संस्था हो । नेपालमा आधुनिक गुरुकुलीय शिक्षा प्रणालीको विकासमा अग्रणी भुमिका खेलेको यस गुरुकुलले स्थापना कालदेखि नै नि:शुल्क औपचारिक गुरुकुलीय शिक्षा प्रदान गर्दै आएको छ । एउटै छानामुनि आधारभूत तहदेखि स्नातकोत्तर तहसम्मको औपचारिक स्तरीय शिक्षा दिने यस गुरुकुलबाट शिक्षित हजारौँ विद्यार्थीहरु राज्यका विभिन्न क्षेत्रमा संलग्न भएर सेवा प्रारम्भ गरिसकेका छन् भने सयौँ विद्यार्थीहरु आज पनि गुरुकुलमा रहेर नि:शुल्क विद्या आर्जन गरिरहेका छन् । यसै गुरुकुलले वि.सं.२०७४ सालको गुरुपूर्णिमाका दिन ब्रह्मलीन भएका आश्रमका संस्थापक अध्यक्ष डा स्वामी रामानन्द गिरिको नवौँ वार्षिक स्मृतिदिवसको उपलक्ष्यमा यही श्रावण ९ गतेदेखि १५ गतेसम्म सप्ताहव्यापी विभिन्न कार्यक्रमहरु सहितको गुरुपूर्णिमा एवम् नवौँ गुरुस्मृति महोत्सव आयोजना गरेको छ । सोही महोत्सव अन्तर्गत श्रावण नौ र दशगते सञ्चालन हुने रामानन्द प्रज्ञा शास्त्रसभामा भाग लिन सम्पूर्णानन्द विश्वविद्यालय वाराणसीका पूर्व कुलपति एवम् काशी हिन्दू विश्वविद्यालय संस्कृतविद्याधर्मविज्ञानसंकायका वर्तमान अध्यक्ष प्रोफेसर राजाराम शुक्ल र सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय तुलनात्मकदर्शन विभागका अध्यक्ष प्रोफेसर हरिप्रसाद अधिकारीको नेतृत्वमा भारतीय विद्वत्मण्डल देवघाट आइपुगेको हो ।

शास्त्रसभामा नेपाल संस्कृत विश्वविद्यालयका विभिन्न आंगिक विद्यापीठबाट वेद, वेदान्त, व्याकरण, न्याय, साहित्य, मीमांसा र धर्मदर्शन विषयका प्राध्यापकहरुको उपस्थिति रहेको छ । विशेष गिरी वाल्मीकी विद्यापीठ काठमाण्डौँ, विन्दुवासिनी संस्कृत विद्यापीठ पोखरा, नेपाल संस्कृत विश्वविद्यालय विद्यापीठ दाङ्, कालिका संस्कृत विद्यापीठ-गैंडाकोट नवलपुर र यालना संस्कृत विद्यापीठ मटिहानी तथा महेश संस्कृत गुरुकुल विद्यापीठ, परमानन्द संस्कृत गुरुकुल विद्यापीठ, वेदवेदाङ्ग संस्कृत विद्यापीठ देवघाटका तीस जनाभन्दा धेरै विज्ञ प्राध्यापक र नेपाली संस्कृत छात्र समिति वाराणसीका आचार्य एवम् पदाधिकारीहरुको उल्लेख्य सहभागिता रहेको छ । दुई दिनका छ वटा सत्रमा सञ्चालन हुने शास्त्रसभाको पहिलो दिन श्रावण ९ गते बिहान महेश संन्यास आश्रमका वर्तमान पीठाधीश स्वामी रमणानन्द गरिको अध्यक्षतामा समुद्घाटन सत्र सम्पन्न भएको छ । दिउँसो १० बजेदेखि १ बजेसम्म र ३ बजेदेखि ६ बजेसम्म सञ्चालित दुईवटा सत्रमा ११ जना विद्वान्हरुले प्रस्तुत गरेका विभिन्न शास्त्रीय विषयको गहन विमर्शसहित निष्कर्ष निकालिएको छ ।

सभाको दोस्रोदिन १० गते बिहान र दिउँसो सञ्चालन हुने तीनवटा सत्रमा १४ जना विद्वान्हरुले विभिन्न विषयमा प्रस्तुति दिने कार्यक्रम रहेको छ । आश्रमले गुरुपूर्णिमा एवम् ब्रह्मलीन गुरुको नवौँ स्मृतिउत्सवको उपलक्ष्यमा सप्ताहव्यापीरुपमा आयोजित कार्यक्रमहरु मध्ये श्रावण ११ र १२ गतेका कार्यक्रम शङ्कराचार्य मठ पशुपतिनाथ, काठमाण्डौमा सञ्चालन हुने छन् भने १३ गतेदेखि १५ गतेसम्मका उत्सवहरु देवघाटधाममा नै सञ्चालन हुने छन् । उत्सवको मुख्य कार्यक्रमका रुपमा श्रावण १३ हुने गुरुपूजन समारोह र १४ गतेको स्मृतिसभा एवम् भण्डारा कार्यक्रममा सहभागी हुन देवघाट,भरतपुर र गैँडाकोट क्षेत्रका स्थानीय र आफ्ना सम्पूर्ण अन्नदाता, अभिभावक, सहयोगी र शुभेच्छुकहरुलाई हार्दिक अनुरोधसहित निमन्त्रणा गरेको छ ।












