तनहुँमा प्रतिबन्धित लागूपदार्थसहित दुई जना पक्राउ

Devghat Online

शेयर गरौ

तनहुँ । साउन १०

जिल्ला प्रहरी कार्यालय तनहुँले प्रतिबन्धित लागूपदार्थ (लागुऔषध) सहित दुई जना पुरुषलाई नियन्त्रणमा लिएको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरी टोलीले आबुखैरेनी गाउँपालिका–४ बेनीटारस्थित पृथ्वीराजमार्ग सडकखण्डमा सवारी साधन चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।

मुग्लिङबाट डुम्रेतर्फ जाँदै गरेको मोटरसाइकलमा सवार लमजुङ सुन्दरबजार नगरपालिका–९ र लमजुङ दूधपोखरी गाउँपालिका–३ बस्ने दुई जना व्यक्तिहरूको साथबाट प्रहरीले लुकुछिपी ल्याएको डाइजेपाम १८ एम्पुल, बेप्रेनोफिन १८ एम्पुल र फेनेग्रान १८ एम्पुल गरि गरी जम्मा ५४ एम्पुल प्रतिबन्धित लागूपदार्थ, मोटरसाइकल र उनीहरूलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका व्यक्तिहरूमाथि जिल्ला अदालत तनहुँबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय