महेश संस्कृत गुरुकुल एवं विद्यापीठको प्राचार्यमा डा. विश्वनाथ धिताल नियुक्त

Devghat Online

शेयर गरौ

देवघाट । भदौ १

देवघाट गाउँपालिका–५ स्थित प्रसिद्ध धार्मिक तथा शैक्षिक संस्था महेश संस्कृत गुरुकुल एवं विद्यापीठको प्राचार्य पदमा डा. विश्वनाथ धिताल नियुक्त भएका छन् ।

ब्रह्मलीन सन्तशिरोमणि परमपूज्य सद्गुरुदेवका कृपाप्राप्त शिष्य डा. धिताललाई सोमबार आयोजित एक समारोहका बीच गुरुकुलका पीठाधीश स्वामी रमणानन्द गिरीले आधिकारिक नियुक्ति पत्र प्रदान गरेका छन् ।

संस्कृत शिक्षा र वैदिक दर्शनका क्षेत्रमा लामो समयदेखि सक्रिय डा.धितालको नेतृत्वले गुरुकुलको शैक्षिक, आध्यात्मिक तथा व्यवस्थापकीय पक्षलाई अझ सुदृढ बनाउने विश्वास गुरुकुलले लिएको छ ।

गुरुकुलका इष्टदेव भगवान् श्रीविद्येश्वर तथा ब्रह्मलीन सद्गुरुदेवको असीम आशीर्वादद्वारा डा. धितालको कार्यकालमा महेश संस्कृत गुरुकुल एवं विद्यापीठको सर्वाङ्गीण समृद्धि र उत्कर्षको कामना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू