भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धारकालागि व्यास कोसेली घरद्वारा ४० हजारभन्दा बढी सहयोग

Devghat Online

शेयर गरौ

तनहुँ । भदौ २२

नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समिति तनहुँद्वारा सञ्चालित ‘व्यास कोसेली घर’ ले भोटेकोशी–त्रिशूली बाढीपीडितको राहत तथा उद्धारका लागि ४० हजार रुपैयाँ सहयोग गरेको छ ।

कोसेली घरले सोमबार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको सञ्चालक समिति सदस्य तुलसी सापकोटाले जानकारी दिए ।

गत भदौ १४ गतेदेखि दमौलीको अनशनचौतारीमा सञ्चालनमा आएको कोसेली घरको शुभारम्भका अवसरमा अध्यक्ष कल्पना गौलीले सुरुवाती तीन दिनको व्यापारबाट प्राप्त रकमको १० प्रतिशत उद्धार कोषमा जम्मा गर्ने प्रतिबद्धता जनाउनुभएको थिए । सोही प्रतिबद्धता अनुसारको रकममा १५ जना उद्यमी महिलाहरूबाट संकलित स्वेच्छिक सहयोग रकम थप गरी कोषमा पठाइएको सापकोटाले बताए ।

व्यास कोसेली घरमा तनहुँका स्थानीय उद्यमी महिलाहरूले उत्पादन गरेका वस्तुका साथै विभिन्न स्थानमा उत्पादित विषादीरहित खाद्यान्न, रैथाने उपज र हस्तकलालगायतका स्वदेशी सामग्रीहरू बिक्रीका लागि राखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता

देवघाट कलेजको विकास र भावी योजनाबारे बृहत् छलफल, साझा सम्पत्तिका रूपमा अघि बढाउन जोड

देवघाट । भदौ २१ देवघाटमा उच्च शिक्षाको अवसर सुनिश्चित गर्ने उद्देश्यले स्थापित देवघाट सामुदायिक कलेजको