देवघाट । भदौ २२
गत भदौ १० गते भोटेकोसी नदीको बाढी परि रसुवा, नुवाकोट र धादिङमा ज्यान गुमाउनेहरुको सम्मानमा १३ औं दिनको पुण्यतिथीमा सोमबार साँझ देवघाटमा दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरियो ।



लायन्स क्लव देवघाटले प्राकृतिक विपत्तिको कारण जिवन गुमाउनेहरुको सम्झनामा दीप प्रज्वलन गर्दै श्रद्धान्जली कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा लायन्स क्लब अफ देवघाटका अध्यक्ष अनिल मिश्रले विपद्को पीडामा परेका नागरिकप्रति लायन्स क्लब सुरुदेखि नै जिम्मेवार र संवेदनशील भएर सहयोगमा जुटिरहेको बताए ।
उनले बाढीपीडितको अवस्था बुझ्न प्रत्यक्ष प्रभावित क्षेत्रमा पुगेर राहत सामग्री वितरण गरिएको उल्लेख गर्दै भने, ‘विपद्को बेला केवल सहानुभूति व्यक्त गर्नु पर्याप्त हुँदैन, पीडितको हात समातेर उनीहरूको दुःखमा साथ दिनु नै साँचो मानव सेवा हो ।’












