भोटेकोशी बाढी पीडितलाई तनहुँ समाज हङकङद्वारा १५ लाख ५५ हजार सहयोग

Devghat Online

शेयर गरौ

तनहुँ । भदौ २४

गत भाद्र १० गते नेपालको भोटेकोशी क्षेत्रमा गएको अकल्पनीय विनाशकारी बाढी पहिरोको कारण हुन गएको मानवीय तथा भौतिक क्षतिको यस दुःखद घडीमा तनहुँ समाज हङकङले ठूलो मानवीय सहयोग गरेको छ ।

पिडित परिपारको लागि आर्थिक सहयोग गर्ने मनसायले तनहुँ समाज हङकङका उपाध्यक्ष सुवित गुरुङको संयोजकत्वमा तनहुँ जिल्ला र अन्य जिल्लाहरुबाट हङकङलाई आफ्नो कर्मथलो बनाई बस्नु भएका आमा, बुवा, दाजु, भाइ, दिदी बहिनीहरुबाट सहयोग संकलन गरी नेपाली रुपैयाँ १५ लाख ५५ हजार प्रधानमन्त्री दैवीप्रकोप उद्धार राहत कोषमा जम्मा गरिएको छ ।

समाजका अध्यक्ष कर्ण बहादुर नेपालीको अध्यक्षतामा बुधबार समाजको तर्फबाट सो रकमबारे हङकङस्थित नेपाली महावाणिज्यदूतावासको कार्यालयलाई जानकारी गराइएको थियो । प्रतिनिधि मण्डलमा समाजका निवर्तमान अध्यक्ष तेज गुरुङ, उपाध्यक्ष सुवित गुरुङ, भूतपूर्व सल्लाहकार टेक बहादुर गुरुङ, कोष संयोजक भोज आले, कार्यसमिति सदस्य विष्णु थापा, तनहुँ समाज हङकङ महिला विभागकी उपाध्यक्ष अरुणा आले, समाजका आजीवन सदस्य राम बहादुर आले र प्रतिक सार्की समेतको सहभागिता रहेको थियो ।

सो अवसरमा नेपाली महावाणिज्यदूतावासको कार्यालय, हङकङका भाईस कन्सुल भोज कुमार भट्टराईले तनहुँ समाज हङकङले गरेको सहयोगको प्रशंसा गर्दै धन्यवाद प्रकट गर्नुका साथै भविष्यमा पनि यस्तै सहयोगको अपेक्षा राखेका थिए ।

सोही क्रममा समाजका तर्फबाट अध्यक्ष तथा उपाध्यक्षद्वयले देशमा देशवासीहरुले भोग्नु परेको विषम परिस्थितिमा समाजको नामसँग जोडिएर सहयोग गर्नु हुने सम्पूर्ण तनहुँवासी तथा गैर तनहुँवासी सहयोगी मनहरुलाई आभार प्रकट गर्दै भविष्यमा समेत यस्ता विपतको घडीमा एक भएर सहयोगको लागि जुट्ने आशा व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता

६ जना फसेको सूचना आएको भन्दै रास्वपा सांसद श्रीराम न्यौपाने चिलिमे हिँडे

काठमाडौं । भदौ २१ सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का इन्जिनियर सांसद श्रीराम न्यौपाने फेरि सुरुङ